तेजकुमार कुरुम्बाङ
केन्द्रीय उपाध्यक्ष, राप्रपा नेपाल
मुलुकको वर्तमान अवस्थालाई कसरी नियाल्नु भएको छ ?
सरसर्ती हेर्दा मुलुकको अवस्था तहसनहस छ । हरेक क्षेत्रमा जनता पीडामा छन् । नेता मोटाउने जनता दुब्लाउदै गएका छन् । वर्तमान व्यवस्था देश र जनताको लागि अफाप सिद्ध भएको छ । यो कुरा जनताले पनि भनिरहेकै छन् । देशमा रोजगारी नपाएर लाखौं लाख युवा विदेशिनु परिरहेको छ । वर्तमान गणतन्त्रवादी भन्नेहरुले कमिसन खादै देशका कलकारखाना निजिकरण गरे । यो व्रmम अहिले पनि यथावत छ । यसरी हेर्दा जनतालाई अब ठुला दलका नेताहरुप्रति भरोसा टुट्दै गएको अवस्था छ । अहिलेको देशको परिस्थिति चिन्ताजनक रहेको र कुन समय के हुने हो अन्दाज गर्न नसिकिने अवस्था छ । र, नेपाली जनता गणतन्त्रवादीहरु प्रति आव्रmोसित भएको अवस्था छ । यो आव्रmोसलाई राजनीतिक नेतृत्वले नियन्त्रण नगर्ने हो भने देश जुनसुकै बाटोमा जान सक्ने देखिन्छ । र राजनीतिक वागडोल सम्हाल्ने यतिवेलाका नेताहरुमा पनि अन्यौल रहेको अवस्था छ ।
देशव्यापी रुपमा फैलिरहेको महँगी बारे के भन्नुहुन्छ ?
यति बेला भ्रष्टाचारको कुरा गर्दा भ्रष्टाचार शब्दको अर्थमा विश्लेषण गर्न सक्नु पर्छ । भ्रष्टाचार अर्थ के हो, के गर्दा भ्रष्टाचार ठहरिन्छ, त्यो कुरा प्रष्ट रुपमा सबैलाई थाहा हुनु प¥यो । मैले बुझेको भ्रष्टाचार भनेको कुनै पनि व्यक्तिबाट कोसेलीको रुपमा लिएको बस्तु तथा पैसा लिएर त्यो व्यक्तिको कुनै सानो–ठुलो काम गरिदिनु अथ्वा जसलाई परेको समस्या समाधान गरिदिनु अर्थात त्यो व्यक्तिलाई नाफा हुने काम जस्तै कर्मचारी सरुवा बढुवा आदि काम पनि भ्रष्टाचार ठहरिन्छ । यो व्यवस्था अथ्वा गणतन्त्रवादी नेता कार्यकर्ताहरुले बुझेको भ्रष्टाचार के मान्ने ? उहाँहरुको जन्मजात न्वारन भ्रष्टाचारबाटै भएका कारण भ्रष्टाचारलाई उहाँहरुले पुरस्कृत ठान्दै हुनुहुन्छ । यति गर्दा गर्दै यिनले पैसाको लागि राष्ट्रलाई नै बेच्न वेर लगाउदैन भन्ने अवस्था छ । र भ्रष्टाचारको कुरा गर्दा यिनले एनसेल काण्ड घटाए, यिनले लाउडा काण्ड घटाए, यिनले भुटानी शरणार्थी काण्ड घटाए यिनले ३८ किलो सुन काण्ड घटाए, यिनले गिरी बन्धु टि स्टेट काण्ड घटाए, ललिता निवास काण्ड घटाए । तर दुःखको कुरा यि काण्डमा मुछिएकाहरु व्रmमशः चोखिदै गए । विभिन्न वाहानाले यि काण्ड ढाकछोप गरिरहेका छन् । त्यसैले अब गणतन्त्रवादीको हातबाट देश मुक्त भएन भने देश स्वामानी र स्वतन्त्र रहन सक्ने अवस्था छैन ।
अख्तियारको कम सव्रिmयताले भ्रष्टाचार बढिरहेको भनिन्छ नि ?
अख्तियार मात्र होइन भ्रष्टाचार नियन्त्रण गर्ने अरु निकायहरु देशमा रहेको छन । तर भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने संविधानकै प्रावधानहरुले भ्रष्टाचारीहरुले उन्मुक्ति पाइरहेका छन् । अख्तियारले पनि कानूनी वाध्यताले पनि केही गर्न नसकेको देखिन्छ । हालको गणतान्त्रिक संविधानले भ्रष्टाचार नियन्त्रणका लागि गठित अख्तियारदेखि सम्पूर्ण भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरुलाई वाधेको छ । भ्रष्टाचार नियन्त्रण गर्न गठित निकायहरुमा पार्टी कार्यकर्ता र शुभचिन्तकहरु नियुक्त गर्ने गरिएको छ । यि निकायका पदाधिकारीहरुले पार्टीका नेताहरुको मुख हेरेर वा इशारामा निर्णय गर्ने गरिएको देखिन्छ ।
देशव्यापी फैलिरहेको महँगीबारे तपाईको बिचार के छ ?
यसै मेसोमा भन्नु पर्दा महँगी हुनुमा जसको आयस्रोत सुन्य छ, त्यो व्यक्तिले महँगी भयो भनेर दुखसो गर्नु व्यर्थ छ । किन भने यो देशको ठुला पार्टीहरुले ल्याएको गणतन्त्र १८ वर्षको पुग्यो । आजसम्म यिनले गरिबको बारेमा कुनै कुरै सोचेनन् । दिनदिनै महँगी बढिरहेको छ, यो पनि उनीहरुले कहिल्यै सोचेनन् । देश विदेशी आयतमा भर पर्नु परिरहेको छ । अर्को कुरा देशमा कृषिमा काम गर्ने होनाहार युवाहरु लाखौं लाख विदेशिएका छन् । त्यस कारण कसले खेती गर्छ र उत्पादन हुनु ? आफ्नो देशमा उत्पादन नहुने भए पछि देशमा महँगी बढेको हो । महँगी नियन्त्रण गर्ने सरकारी निकाय पनि जिम्मेवार देखिदैनन् ।
तपाई केन्द्रिय उपाध्यक्ष रहेको राप्रपा नेपाल के गरिरहेको छ ?
राप्रपा नेपालले आफ्ना एजेण्डा स्थापित गर्न विभिन्न चरणका कार्यव्रmमहरु निरन्तर रुपमा गरिरहेको छ । हामी जनता माझ छौं । जनताकै घरदैलोमा पुगिरहेकै छौं । गत निर्वाचनमा प्राविधिक कारणले हाम्रो पार्टीले कम मत पाएको देखिए पनि अहिले त्यो अवस्था छैन । हामी आसन्न उपनिर्वाचनको तयारी व्रmममा छौं । तर राप्रपा नेपाल मतपेटिकाबाट व्यवस्था परिवर्तन गर्न सकिन्छ भन्ने कुरामा विश्वास राख्दैन । र हामी अब हुने केन्द्रिय कार्य समितिको बैठकपछि “भ्रष्ट व्यवस्था परिवर्तनको लागि आन्दोलन । आन्दोलनको लागि राप्रपा नेपालको संगठन ।” भन्ने मुल नाराको व्यानर लिएर जनताको घर घर, टोल टोल, क्षेत्र क्षेत्र, जिल्ला जिल्ला पुगि शान्ति पूर्ण आन्दोलनको लागि संगठन मजबुत बनाएर राजधानी काठमाडौंमा प्रदर्शन गर्ने तयारीमा छौं । जनप्रदर्शन तथा आन्दोलन बाटै गणतन्त्र स्थापना भएकाले गणतन्त्रलाई फाल्न तथा विस्थापित गर्न हामी पनि राजधानीमा शान्तिपूर्ण आन्दोलन गर्ने र आन्दोलनबाटै राजसंस्था फर्काउने लक्ष्यमा छौं र २०८४ भन्दा अगावै व्यवस्था परिवर्तन हुने कुरामा नेपाली जनतालाई विस्वस्त पार्न चाहान्छौं र आन्दोलनमा साथ दिन अपिल गर्दछौं ।
राप्रपा र राप्रपा नेपाल मिल्न लागेको बुझिन्छ नि ?
राप्रपा नेपाल जन्मनुको कारण २०६१ माघ १९ को शाहि कदमको समर्थन गर्ने र नगर्नेको कुरा मतभेद हुँदा भएको हो । राप्रपाले राजाको शाहि कदमलाई अस्वीकार गरे पछि बाध्यता बस कमलथापाले राप्रपा नेपाल स्थापना गर्नु भएको हो । त्यो अहिले पनि कायम छ । र यहि राप्रपा नेपालको गणतन्त्र भन्दा फरक बिचारहरु सवैधानिक राजसंस्था, धर्म सापेक्ष हिन्दुराष्ट्र र प्रदेश खारेजीको प्रमुख एजेण्डा अहिले पनि कायम छ । ती नै एजेण्डाका कारण राप्रपा नेपालले २०७० को संविधानसभा चुनावमा २५ सिट पाएकै हो । जनताले राप्रपा नेपाललाई मन पराएकै हो । र राप्रपाले त्यो समयमा ११ सिट ल्याउदा राप्रपा नेपालले २५ सिट प्राप्त गरी देशको चौथो पार्टी भएपछि ११ सिटको राप्रपा र २५ सिटको राप्रपा नेपाल एकिकरण भयो । यो एकिकरण पछि विभिन्न आरोहअवरोह आएँ । बिचमा २५ सिट प्राप्त राप्रपा नेपाललाई छायामा पारियो र पुनः २०७८ फागुन ७ गते राप्रपा नेपाललाई न्यूँताएर हामीहरु अगाडी बढिरहेको कुरा सबैलाई थाहा भएकै कुरा हो । राप्रपा नेपाल र राप्रपा मिल्ने कुरा भन्दा पनि पहिला राप्रपा नेपालको एजेण्डा र बिचार मिल्ने अरु अभियन्तालाई मोर्चाबन्दी गरी अगाडी बढ्न चाहान्छौं र यो व्यस्थालाई विस्थापित गर्न राप्रपा र राप्रपा नेपालले जुनसुकै मुल्य चुकाउन तयार रहनु पर्छ । र जति सक्दो चाडो राप्रपा र राप्रपा नेपाल एक हुने कुरामा दुई मत छैन । दुवै पार्टीका नेता कार्यकर्ताको पनि यहि मनसाय रहेको छ । राप्रपा नेपालको वटम लाइन पनि यहि हो ।
अन्तमा तपाईको सन्देश ?
यो देशका जनताले वर्तमान व्यवस्थाले सृजित समस्याहरुलेृ दुःख भोग्नु परिरहेको छ । त्यसैले जति सक्दो चाडो हामी वर्तमान गणतान्त्रिक व्यवस्था परिवर्तन गर्न चाहान्छौं । यसमा हामीलाई साथ र सहयोग गरिदिनु होला । यो देशमा रहने बस्ने र विदेशमा रहने बस्ने ‘नेपाली हामी, हाम्रो देश नेपाल’ भन्ने गर्व गर्न सक्ने राष्ट्रवादी नेपाली नागरिक एक ठाउँमा आउन ढिला हुन लागेको छ । समयको मुल्य बुझ्न सकेनौ भने हामीले पछि झन दुःख व्यहोर्नु पर्ने र हाम्राँ सन्ततीले सराप्ने हुन् ।