श्रममन्त्री भण्डारी र जापानी समकक्षी भेट, श्रम समझदारी कार्यान्वयनबारे छलफल

काठमाडौँ, ७ असोजः जापान भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र जापानी समकक्षी स्वास्थ्य, श्रम र कल्याणमन्त्री टाकेमी केइजूबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटमा उहाँहरुबीच नेपाल र जापान सरकारबीच सन् २०१९ मा भएको श्रमसम्बन्धी समझदारी कार्यान्वयनका बारेमा विचारविमर्श भएको छ । मन्त्री भण्डारी र जापनी समकक्षीबीच सो समझदारी कार्यान्वयनका लागि दुई […]

Continue Reading

पाकिस्तानले स्वदेशी पेट्रोलियम पदार्थको उत्पादनलाई प्रोत्साहन गर्ने

पाकिस्तानका पेट्रोलियममामिला मन्त्री मुसादिक मसूद मलिकले पाकिस्तानले आयात बिल घटाउन स्वदेशी पेट्रोलियम पदार्थको उत्पादन बढाउने बताउनुभएको छ । हाल पाकिस्तानले ऊर्जा आयातमा वार्षिक १८ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गर्ने गरेको छ । पाकिस्तानले पछिल्लो समयमा देशभित्र तेल तथा ग्यास अन्वेषणलाई गति दिइरहेको उहाँले ऊर्जा सम्मेलनलाई सम्बोधन गर्दै बताउनुभएको हो । देशले अन्वेषणमा विश्वका प्रसिद्ध […]

Continue Reading

‘बेलायतमा जुलाई ४ मा आमनिर्वाचन गरिने’

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जुलाई ४ मा आम निर्वाचन हुने घोषणा गर्नुभएको छ । “आज बिहान मैले संसद विघटन गर्न अनुरोध गर्न राजासँग कुरा गरेँ । उहाँले यो अनुरोध स्वीकार गर्नुभएको छ र जुलाई ४ मा आम निर्वाचन हुनेछ,” बुधबार साँझ डाउनिङ स्ट्रिटमा गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री सुनकले भन्नुभयो । नयाँ तथ्याङ्कले देशमा मुद्रास्फीति तीव्र […]

Continue Reading

इजराइलले प्यालेस्टिनी बैंकहरू बन्द गरे ‘मानवीय सङ्टक’ उत्पन्न हुने येलेनको चेतावनी

अमेरिकी वित्तमन्त्री जेनेट येलेनले बिहीबार इजराइलले प्यालेस्टिनी बैङ्कहरूका लागि महत्त्वपूर्ण वित्तीय च्यानल बन्द गरे ‘मानवीय सङ्कट’ को खतरा हुनसक्ने चेतावनी दिनुभएको छ । “म विशेषरूपमा इजराइलको कारबाहीको धम्कीबाट चिन्तित छु, यसले प्यालेस्टिनी बैङ्कहरूलाई उनीहरूको इजराइली सम्पर्कका बैंकसँग विच्छेद गराउँछ”, जि७ का वित्तमन्त्रीहरूको बैठक हुने इटालीको स्ट्रेसामा उहाँले पत्रकारहरूसँग भन्नुभयो, “इजराइलबाट विद्युत्, पानी, इन्धन र खाद्यान्नसहित […]

Continue Reading

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु वित्तीय व्यवस्थापन र दिगो विकासका पहलहरूमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने स्पष्ट गर्नुभएको छ । काठमाडौँको चन्द्रागिरिमा बुधबारदेखि सुरु भएको ‘हिमाल, मानिस र जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विशेषज्ञ संवादलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले प्रतिकूलता न्यूनीकरण, जोखिम न्यूनीकरण र दिगो […]

Continue Reading

आयरल्याण्ड ‘ए’विरुद्धको शृङ्खला नेपालले जित्यो

काठमाडौ १३ चैत : आयरल्याण्ड‘ए’विरुद्धको दोस्रो टी–२० खेलमा नेपाल विजयी भएको छ । आयरल्याण्ड‘ए’लाई ७१ रनले पराजित गर्दै नेपालले उक्त शृङ्खलाको उपाधि जितेको हो । यसअघि पहिलो खेलमा पनि नेपालले आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपालले आयरल्याण्डलाई जितको लागि एक सय ९९ रनको लक्ष्य दिएको थियो । जवाफमा आयरल्याण्डको पारी १८ […]

Continue Reading

पञ्जाबले सन् २०२३ मा १०० पाकिस्तानी ड्रोन खसाल्यो

सीमा सुरक्षा बलले यस बर्ष लागुऔषध, हतियार र गोलाबारुद भारतीय भूमिमा तस्करी गर्न प्रयोग भएका १०० वटा पाकिस्तानी ड्रोनहरू खसालेको जनाएको छ । बीएसएफले भारतीय भूभागमा लागुऔषध र अन्य अवैध पदार्थको ढुवानीलाई रोक्नका लागि तीन–पक्षीय रणनीति’ बनाएको बताएको छ । सेनाहरूले ड्रोन मार्फत लागुऔषधको तस्करी गरिरहेका तस्करहरूलाई पक्रेका छन् । हमा पोष्ट का अनुसार सन् […]

Continue Reading

राष्ट्रसङ्घीय खाद्य निकायद्वारा अफगानिस्तानका लागि सहायता कटौतीको घोषणा

संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बजेट अभावका कारण अफगानिस्तानलाई दिँदै आएको सहायता कटौती गर्ने घोषणा गरेको खामा प्रेसले बताएको छ । सोमबार प्रकाशित भिडियोमा डब्लुएफपीले कडा जाडो मौसममा बजेट अभावका कारण करिब एक करोड मानिसलाई खाद्य सहायता घटाउन बाध्य हुनुपरेको बताएको छ । साथै उसले अन्तर्राष्ट्रिय निकायहरूसँग हालको जाडोमा अफगानिस्तानका जनतालाई सहयोग गर्न […]

Continue Reading

दक्षिण अफ्रिकामा बाढीबाट सातको मृत्यु, ११ बेपत्ता

दक्षिण अफ्रिकाको एक प्रान्तमा आएको बाढीका कारण सात जनाको मृत्यु र ११ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् । बेपत्ताहरूको खोजीमा उद्धारकर्मीहरू मङ्गलबार मुसलधारे वर्षामा सङ्घर्ष गरिरहेका छन् । क्वाजुलु नटाल प्रान्तको लेडिस्मिथ जिल्लामा १० मिटर (३३ फिट) सम्मको गहिरो हिलोले घरहरू क्षतिग्रस्त भएको र कारहरू बगाएको उद्धारकर्मीहरूले बताएका छन् । प्रान्तीय अधिकारीहरूले छ जनाको […]

Continue Reading

चीन-युरोप मालवाहक रेल नेटवर्कले सम्पूर्ण युरोप समेट्दै

चीन-युरोप मालवाहक रेल नेटवर्कले सम्पूर्ण युरोपलाई समेटेको छ । आजसम्म करिब ८१ हजार चीन-युरोप मालवाहक रेल यात्रा सम्पन्न गरी २५ युरोपेली देशहरूका २१७ शहरहरूमा सेवाहरू प्रदान गरिसकेको राष्ट्रिय विकास र सुधार आयोगले जनाएको छ । चीन-युरोप मालवाहक रेलहरूले एसिया र युरोपमा अन्तरराष्ट्रिय यातायात मार्गहरूको आकार परिवर्तन गरेको छ । आर्थिक सहयोगका लागि नयाँ प्लेटफर्म निर्माण […]

Continue Reading