मनास्लु पदयात्रा…

रामबहादुर थापा मनास्लु पदयात्राको छैटौँ दिनमा दिवस गुरुङ उत्तरी गोरखाको चुम उपत्यका पुग्नुभएको थियो । पदयात्रामा उहाँ एक्लै भने हुनुहुन्थेन । साथमा थिए इटालीका रिकार्डो र भेरोनिका । यो गत कात्तिक २९ गतेको कुरा हो । तिहारको दिन थियो । तीन हजार सात सय मिटरको उचाइमा अवस्थित प्राचीन मु–गुम्बाको आँगनमा उनीहरूले भाइटीका लगाउने निधो गरे […]

Continue Reading

सरकारको एक वर्ष – ऊर्जा क्षेत्रमा जागेको आशा

गणेश कार्की विद्युत् ऐन २०४९ आएपछि निजी क्षेत्रलाई ऊर्जामा लगानीका लागि बाटो खुलेको हो । ऊर्जाका आयोजनाको अनुमतिपत्र लिएर निर्माण सुरु गरेको साढे दुई दशक बितेको छ । यसबीच साढे दुई दशकको अवधिमा नेपालको निजी क्षेत्रले दुई हजार एक सय ७५ मेगावाट विद्युत्् उत्पादन गर्न सफल भएको छ । निजी क्षेत्रले यति छोटो समयमा यति […]

Continue Reading

सांसदको भूमिका प्रवल हुनुपर्छ

महेश बस्नेत नेकपा (एमाले)का नेता एवं इलाम क्षेत्र नं १ बाट विजयी प्रतिनिधिसभा सदस्य महेश बस्नेत एक वर्षअघि सङ्घीय सांसदको जिम्मेवारी पाउँदा निकै उत्साहित हुनुहुन्थ्यो । जनता र राष्ट्रका लागि केही योगदान गर्न सकिन्छ कि भन्ने आफूले साँचेको त्यो उमङ्ग एकवर्षे संसदीय अभ्यासले खल्लो बनाएको प्रतिक्रिया दिनुभएको छ । प्रतिनिधिसभा विकास पूर्वाधार समितिका सदस्यसमेत रहनुभएका […]

Continue Reading

सञ्चारमाध्यामका लागि आचारसंहितामा के छ व्यवस्था ?

स्थानीय तह निर्वाचन आचारसंहिता लागूभएसँगै सञ्चारमाध्यमले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने निर्वाचन आयोगले जनाएको छ । शुक्रबारदेखि आयोगले निर्वाचन आचारसंहिता लागू हुने निर्णय गरेको छ । आचारसंहिता लागू भएसँगै सञ्चार माध्यम, सम्बद्ध कर्मचारी तथा पत्रकारहरुले ११ बुँदे आचारसंहिता पालना गर्नुपर्ने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह […]

Continue Reading