प्रधानमन्त्री दाहालको निर्देशनपछि भुम्लुवासी लालपुर्जा पाउने आशमा

काभ्रेपलाञ्चोक, १३ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४९ वर्षदेखि लालपुर्जाविहीन अवस्थामा रहँदै आएका काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडामा लालपुर्जा दिन निर्देशन दिएपछि यहाँका नागरिक आशावादी देखिएका छन् । विविध कारण उक्त गाउँपालिकाको वडा नं ७ र ८ का करिव एक हजार दुई सय परिवार ४९ वर्षदेखि लालपुर्जाका पर्खाइमा रहेका हुन् । विसं २०३२ को […]

Continue Reading

नेत्रज्योति सङ्घद्वारा एक वर्षमा ३३ लाखभन्दा बढीको आँखाको उपचार

काठमाडौँ, १३ चैत : नेपाल नेत्रज्योति सङ्घले एक वर्षमा आफ्नो मातहतका अस्पताल, उपचार केन्द्र र जिल्ला शाखामार्फत् ३३ लाखभन्दा बढीको आँखा जाँच तथा उपचार गरेको जनाएको छ । सङ्घले ४६औँ नेत्रज्योति दिवसका अवसरमा आज यहाँ पत्रकार सम्मेलन गरी सन् २०२३ मा आफ्नो मातहतका २८ अस्पताल, १५६ आँखा उपचार केन्द्र र ४३ जिल्ला शाखामार्फत् आठ लाख […]

Continue Reading

बजेट अर्धवार्षिक समीक्षा : ‘सूचकमा सुधार, अर्थतन्त्र सकारात्मक’

काठमाडौँ, २९ माघ : अर्थमन्त्री डा प्रकाशशरण महतले चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा मुलुकको आर्थिक सूचकमा उल्लेख्य सुधार देखिएको तथा अर्थतन्त्र विस्तारै सप्रिदै गएको थालेको बताउनुभएको छ । चालू आव २०८०÷८१ को बजेट अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री महतले सुधारका लागि सरकारले थालेका प्रयासले नतिजा दिन थालेको बताउनुभएको हो । बजेट कार्यान्वयनको पहिलो […]

Continue Reading

नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच सम्झौता

काठमाडौँ, २९ माघ : नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेशकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । सानिगाडको प्रतिशेयर रु एक सयका दरले ८५ लाख ५० हजार कित्ता शेयरवापत रु ८५ करोड ५० लाख शेयर मूल्य बराबरको प्रत्याभूति […]

Continue Reading

प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षालयको पुनःसंरचना गरिदै

काठमाडौँ, १२ माघ: सरकारले देशका विभिन्न विद्यालयमा सञ्चालित प्राविधिक कक्षा र प्राविधिक शिक्षालयको सङ्ख्या, गुणस्तर र पाठ्यक्रममा पुनःविचार गर्नेभएको छ । इञ्जिनियरिङलगायत प्राविधिक शिक्षालय तथा विद्यालयमा कक्षा ९ देखि १२ सम्म सञ्चालित प्राविधिक विद्यालयमा पढाइको गुणस्तर र विद्यार्थी–शिक्षालयको अनुपातमा प्रश्न उठाउन थालेपछि सरकार पाठ्यक्रममा पुनःविचार गर्ने निष्कर्षमा पुगेको हो । शिक्षा पत्रकार सञ्जाल (इजोन) द्वारा […]

Continue Reading

मैथिली भाषामा समाचार सेवा सुरु गर्ने विषयमा छलफल

जनकपुरधाम, ९ माघ : नेपालमा दोस्रो बढी बोलिने मैथिली (मातृभाषा) भाषामा समाचार सेवा सुरु गर्ने सम्बन्धमा राष्ट्रिय समाचार समिति (रासस) र जनकपुरधाम उपमहानगरपालिकाबीच छलफल भएको छ । समाचार सामग्रीको समावेशीकरण र विविधीकरण गर्दै विभिन्न राष्ट्रिय (मातृभाषा) भाषामा समाचार सेवा प्रारम्भ गर्ने नीतिअनुसार मैथिली समाचार सेवा सुरु गर्ने सम्बन्धमा रासस मधेस प्रदेश कार्यालय र उपमहानगरबीच आज […]

Continue Reading

मल्लरानीमा ‘जिपलाइन’

स्वर्गद्वारी (प्यूठान), ७ माघ ; प्यूठानको सुन्दर पर्यटकीय क्षेत्र मल्लरानीमा साहसिक खेल ‘जिपलाइन’ निर्माण गरिएको छ । पर्यटकीयस्थलको प्रवद्र्धन र पर्यटक आकर्षण गर्न ‘जिपलाइन’ निर्माण गरिएको हो । जिल्लाको सदरमुकाम खलङ्गा सङ्घीयतापछि सुस्ताउँदै गइरहेको थियो । खलङ्गासहित मल्लरानी क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि स्थानीयवासीले अम्ब्रेलास्थल गरी प्रचार, मल्लरानीमा खाना महोत्सव गर्दै आएकामा अब साहसिक पर्यटकीय पूर्वाधार […]

Continue Reading

कालीगण्डकी करिडोर : बेनी–जोमसोम–कोरला सडक अन्तिम चरणमा

म्याग्दी, ७ माघ : गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाको २५ प्रतिशत काम बाँकी छ । भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा मानिएको छ । पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने भएकाले यो सडकलाई […]

Continue Reading

मेलामार्फत स्थानीय परिकार प्रवर्द्धन गर्दै विद्यार्थी

दोधारा चाँदनी (कञ्चनपुर), ६ माघ : महेन्द्रनगरस्थित ब्रिष्टन कलेजले आयोजना गरेको रोजगार मेलामा अवलोकनकर्ताको आकर्षणमा कोदोको मःम र मकैको रोटी देखिएको छ । बिहीबारदेखि सुरु तीन दिने मेलामा सो कलेजका विद्यार्थीले स्थानीय परिकारलाई प्रवर्द्धन गर्न ‘पश्चिमेली चुलो’ सञ्चालनमा छन् । आफूहरु समूह बनाएर स्थानीय खानाका परिकार प्रवद्र्धन गरिरहेको विद्यार्थी बिन्दु विष्टले बताउनुभयो । “हाम्रो मुख्य […]

Continue Reading

‘हेलम्बुवासीको माग सम्बोधन हुन्छ’

सिन्धुपाल्चोक, ७ माघ : मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिले आफ्ना मागका विषयमा सरकारको ध्यानाकर्षण गरेको छ । शनिबार समितिले स्वास्थ्य तथा जनस¬ङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतमार्फत सरकारकारलाई १७ बुँदे मागका विषयमा ध्यानाकर्षण गराएको हो । मेलम्ची आयोजना प्रभावित र बाढीपीडितले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्ने, मेलम्ची बाढीअघि बैंक तथा वित्तीय संस्थाबाट कर्जा […]

Continue Reading