उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय तय

काठमाडौँ, १ कात्तिक : निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको छ । उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने आयोगका प्रवक्ता नारायणप्रसाद सापकोेटाले जानकारी […]

Continue Reading

मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ, ५ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानमा व्यवस्था गरिएका शिक्षा, स्वाथ्यजस्ता मौलिक अधिकार कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । लमजुङ बेँसीसहर नगरपालिका–८ मा रहेको लमजुङ अस्पतालमा स्थापना गरिएको सघन कक्षको उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले जनताको अधिकार सुनिश्चित गर्न सरकार निरन्तर लागिपर्ने विश्वास दिलाउनुभयो । “संविधानमा […]

Continue Reading

सरकार जनमुखी हुनुपर्छ : नारायणमान बिजुक्छेँ

भक्तपुर, ५ असोज : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशका तीनवटै तहका सरकार जनमुखी हुनुपर्ने बताउनुभएको छ । समय साकोसद्वारा आज आयोजित कार्यक्रममा उहाँले कामदार जनताको श्रमशक्तिलाई उपयोग गर्ने नीति लिएर सरकारलाई जनमुखी बन्नुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “कृषिका विभिन्न क्षेत्र, कृषि व्यवसाय र घरेलु उद्योग निर्माण गर्ने नीति बनाएर सरकारले जोताहा […]

Continue Reading

सामाजिक सञ्जालको पहुँचले नागरिकको मौलिक अधिकार सुदृढ तुल्याउँछः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, २१ भदौः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको विकास, विस्तार र बढ्दो पहुँचले स्वतन्त्र रूपमा विचार अभिव्यक्त गर्ने तथा सूसुचित हुने नागरिकको मौलिक अधिकारलाई सुदृढ तुल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । आजदेखि औपचारिक रुपमा टिकटकमाथिको प्रतिबन्ध हटाइएको सन्दर्भमा प्रेस नोट जारी गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले टिकटकलगायतका सामाजिक […]

Continue Reading

तीज पर्व सशक्तीकरणको प्रतीक : अध्यक्ष दाहाल

काठमाडौँ, २१ भदौः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीज पर्वले नेपाली दिदीबहिनी आगामी दिनमा आर्थिक, सामाजिक र राजनीतिक रुपले नेतृत्वदायी भूमिकामा आउने प्रेरणा प्राप्त होस् भन्ने कामना व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले आज जारी गर्नुभएको शुभकामना सन्देशमा हिन्दू धर्मावलम्बी नेपाली महिलाको विशेष चाड तीज पर्वका अवसरमा दिदीबहिनीहमा सुखशान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ […]

Continue Reading

सबै स्थानीय तहमा विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौंः प्रधानमन्त्री ओली

काठमाडौँ, २१ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्न विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति अनुदान रकम विद्यार्थीले पाए नपाएकाबारे सरकारले अनुगमन गर्ने बताउनुभएको छ । आज सामाजिक सञ्जाल फेसकुकमार्फत उहाँले सबै स्थानीय तहमा यस विषयमा अनुगमन गरिने जानकारी दिनुुभएको हो । प्रधानमन्त्री ओलीले सामुदायिक विद्यालयमा कक्षा (६–१०) का विपन्न विद्यार्थीका लागि वार्षिक रु १८ र विज्ञान […]

Continue Reading

संविधानले महिलालाई प्रदान गरेका अधिकारको प्रभावकारी कार्यान्वयन जरुरी छः राष्ट्रपति पौडेल

काठमाडौँ, १८ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुनले प्रदान गरेका महिला हकअधिकारको प्रभावकारी कार्यान्वयन जरुरी रहेको बताउनुभएको छ । प्रथम महिला सविता पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजना गर्नुभएको हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले महिलाका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच विस्तारै विकास हुँदै गए पनि अधिकारको कार्यान्वयनमा अझै जोड […]

Continue Reading

कांग्रेस सभापति देउवासँग एमालेका नेता भेट

काठमाडौँ, १८ भदौः नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (एमाले)का बागमती प्रदेश इञ्चार्ज डा राजन भट्टराई नेतृत्वको टोलीले आज भेट गरेको छ । नदी किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौँ महानगर पालिकाका प्रमुखले जारी गरेको परिपत्रका सम्बन्धमा ध्यानाकर्षण गराउन डा भट्टराई नेतृत्वको एमालेको प्रतिनिधिमण्डलले कांग्रेस सभापति देउवालाई बूढानीलकण्ठस्थित […]

Continue Reading

‘सरकारले भाषण होइन, काम गरेर देखाउनुपर्छ’

काठमाडौँ, १८ भदौ: नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीले अर्थशास्त्रको नियम नबुझ्दा विकास निर्माणका काम ठप्प भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले विकास जनताको सहजता र समृद्धिका साथै दिगो तथा अर्थशास्त्रको नियमानुसार हुनुपर्नेमा जोड दिनुभयो । “विकास निर्माणका लागि इच्छाशक्ति र विज्ञता चाहिन्छ तर नेपालमा त्यस्तो हुनसकेको छैन”, उहाँले भन्नुभयो, “यसबाट […]

Continue Reading

जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेका र्छौंः मुख्यमन्त्री पाण्डे

ढोरपाटन (बागलुङ), १८ भदौ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनुभएको छ । आज बागलुङ नगरपालिका–४ उपल्लाचौरमा आयोजित ‘आधुनिक बसपार्कसम्बन्धी’ कार्यक्रममा उहाँले सीमित स्रोतसाधनका बीच जनताको आवश्यकता र मागअनुसार प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो । प्रदेश सरकारसँग ढुकुटी र स्रोतसाधन निकै कम भएकाले जनताको माग र आवश्यकतानुसार […]

Continue Reading