नेपालीलाई युएईमा अलपत्र पार्ने मेनपावरलाई कारबाही गर्न दूतावासको सिफारिस

खोटाङ, १३ चैत : संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले वैदेशिक रोजगारीका लागि युएई पुगेका नेपाली युवालाई अलपत्र पार्ने मेनपावरलाई कारबाहीका लागि सिफारिस गरेको छ । युएई पठाएर १९ नेपाली युवालाई अलपत्र पार्ने काठमाडौँस्थित मेची इन्टरनेशनल ओभर्सिज प्रालिलाई कारबाही गर्न दूतावासले वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँलाई पत्राचार गरेको हो । “नेपाली श्रमिक समस्यामा परेको […]

Continue Reading

गृहमन्त्री लामिछानेसँग नेपालका लागि भारतीय राजदूत श्रीवास्तवको भेट

काठमाडौँ, १३ चैत : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज भेटवार्ता गर्नुभएको छ । भेटमा उहाँहरुबीच ऐतिहासिक सम्बन्ध र भौगोलिक निकटताका आधारमा दुई देशबीच जनस्तरमा रहेको गहिरो, बृहत् र विविधतापूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन गर्नुपर्ने प्रयासबारे छलफल भएको उहाँको सचिवालयले जानकारी गराएको छ । गृह मन्त्रालयमा आज भएको भेटवार्तामा […]

Continue Reading

शासन व्यवस्थाको सुदृढीकरण प्रमुख कार्यभार हो : प्रधानमन्त्री दाहाल

काठमाडौँ, २८ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको सुदृढीकरण अहिलेको प्रमुख कार्यभार भएको बताउनुभएको छ । नेपालीको राष्ट्रिय पर्व ‘ग्याल्बो ल्होसार’ का अवसरमा आज शुभकामना दिँदै उहाँले आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्नु राष्ट्रिय […]

Continue Reading

‘स्थानीय सरकार नागरिकको परिवार’

काभ्रेपलाञ्चोक, २७ फागुन : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले स्थानीय सरकार नागरिकको परिवार भएको बताउनुभएको छ । उहाँले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ मनमती डाँडामा नवनिर्मित नगर कार्यालयको प्रशासकीय भवन उद्घाटन एवं सातौँ स्थापना दिवसलाई आज सम्बोधन गर्दै स्थानीय तहलाई स्थानीय नागरिकले आफ्नो परिवारसरह मानेकाले सोही अनुसार सेवा तथा व्यवहार गर्नुपर्ने बताउनुभएको हो । “स्थानीय […]

Continue Reading

सात महिनामा साइबर अपराधका १३ हजार तीन सय ३० उजुरी

काठमाडौँ, २४ माघ : चालु आर्थिक वर्षको साउनदेखि माघ २३ गतेसम्म साइबर अपराधसम्बन्धी १३ हजार तीन सय ३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । तीमध्ये सामाजिक सञ्जालसम्बन्धी ११ हजार चार सय २५ वटा र सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराध एक हजार नौ सय पाँच वटा रहेका छन् । साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म ५१ […]

Continue Reading

प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षालयको पुनःसंरचना गरिदै

काठमाडौँ, १२ माघ: सरकारले देशका विभिन्न विद्यालयमा सञ्चालित प्राविधिक कक्षा र प्राविधिक शिक्षालयको सङ्ख्या, गुणस्तर र पाठ्यक्रममा पुनःविचार गर्नेभएको छ । इञ्जिनियरिङलगायत प्राविधिक शिक्षालय तथा विद्यालयमा कक्षा ९ देखि १२ सम्म सञ्चालित प्राविधिक विद्यालयमा पढाइको गुणस्तर र विद्यार्थी–शिक्षालयको अनुपातमा प्रश्न उठाउन थालेपछि सरकार पाठ्यक्रममा पुनःविचार गर्ने निष्कर्षमा पुगेको हो । शिक्षा पत्रकार सञ्जाल (इजोन) द्वारा […]

Continue Reading

मैथिली भाषामा समाचार सेवा सुरु गर्ने विषयमा छलफल

जनकपुरधाम, ९ माघ : नेपालमा दोस्रो बढी बोलिने मैथिली (मातृभाषा) भाषामा समाचार सेवा सुरु गर्ने सम्बन्धमा राष्ट्रिय समाचार समिति (रासस) र जनकपुरधाम उपमहानगरपालिकाबीच छलफल भएको छ । समाचार सामग्रीको समावेशीकरण र विविधीकरण गर्दै विभिन्न राष्ट्रिय (मातृभाषा) भाषामा समाचार सेवा प्रारम्भ गर्ने नीतिअनुसार मैथिली समाचार सेवा सुरु गर्ने सम्बन्धमा रासस मधेस प्रदेश कार्यालय र उपमहानगरबीच आज […]

Continue Reading

सशस्त्र प्रहरीलाई सुदृढ सङ्गठन बनाउन सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, ९ माघ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरी बललाई सुदृढ सङ्गठनका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । तेइसौँ सशस्त्र प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सङ्गठनको सर्वाङ्गीण विकास तथा स्तरोन्नतिका लागि विद्यमान कानुनको समसामयिक पुनरावलोकन गर्न सशस्त्र प्रहरी ऐन निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । सीमा […]

Continue Reading

‘हेलम्बुवासीको माग सम्बोधन हुन्छ’

सिन्धुपाल्चोक, ७ माघ : मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिले आफ्ना मागका विषयमा सरकारको ध्यानाकर्षण गरेको छ । शनिबार समितिले स्वास्थ्य तथा जनस¬ङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतमार्फत सरकारकारलाई १७ बुँदे मागका विषयमा ध्यानाकर्षण गराएको हो । मेलम्ची आयोजना प्रभावित र बाढीपीडितले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्ने, मेलम्ची बाढीअघि बैंक तथा वित्तीय संस्थाबाट कर्जा […]

Continue Reading

कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या

ढोरपाटन (बागलुङ), ७ माघ : नयाँ सहर आयोजना कार्यालय बुर्तिवाङमा लामो समयदेखि कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । कार्यालय प्रमुख अभिषेक अधिकारीको दुई महिना अगाडि अन्यत्र सरुवा भएको थियो । आयोजनाको चालु आर्थिक वर्षका ५० प्रतिशत काम सम्पन्न भइसक्दासमेत कार्यालयले कुनै पनि भुक्तानी दिन सकिरहेको छैन । कार्यालय प्रमुखका रूपमा रामकृष्ण गिरीलाई […]

Continue Reading