जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणको जोखिम उच्च

काठमाडौँ, २१ भदौः स्वास्थ्य सेवा विभागले जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागअन्तर्गतको परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले यही भदौ १५ गतेदेखि असोज १५ गतेसम्म जापानिज इन्सेफ्लाइटिस रोग सङ्क्रमणको जोखिम उच्च रहेको बताउनुभयो । उहाँका अनुसार सामान्यता साउनदेखि कात्तिकसम्म जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण हुन्छ […]

Continue Reading

सामाजिक सञ्जालको पहुँचले नागरिकको मौलिक अधिकार सुदृढ तुल्याउँछः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, २१ भदौः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको विकास, विस्तार र बढ्दो पहुँचले स्वतन्त्र रूपमा विचार अभिव्यक्त गर्ने तथा सूसुचित हुने नागरिकको मौलिक अधिकारलाई सुदृढ तुल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । आजदेखि औपचारिक रुपमा टिकटकमाथिको प्रतिबन्ध हटाइएको सन्दर्भमा प्रेस नोट जारी गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले टिकटकलगायतका सामाजिक […]

Continue Reading

भारतीय राजदूतद्वारा महाकाली पुलको अनुगमन

दार्चुला, २१ भदौ : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दार्चुलामा महाकाली नदीमा निर्माण भइरहेको नेपाल–भारत जोड्ने मोटरेवल पुलको अनुगमन गर्नुभएको छ । राजदूत श्रीवास्तवले महाकाली नगरपालिका–८ असिगडामा निर्माण भइरहेको भारतको छारछुम जोड्ने मोटरेवल पुलको आज अनुगमन गर्नुभएको हो । नेपाल–भारत जोड्ने उक्त पुलले दुई देशबीचको व्यापारीक, पर्यटकीय र साँस्कृतिक पक्षमा महत्वपूर्ण टेवा पुग्ने उल्लेख […]

Continue Reading

कृषिमन्त्रीसँग एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट

काठमाडौँ, १७ भदौ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग एसियाली विकास बैंक (एडिबी) का देशीय निर्देशक आर्नौड काउचोइसले आज मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा मन्त्री अधिकारीले एडिबीको सहयोगमा सञ्चालित आयोजनाले नेपालको कृषि क्षेत्र तथा ग्रामीण अर्थतन्त्रको विकासमा उल्लेखनीय योगदान पु-याएको बताउनुभयो । उहाँले आयोजनाबाट राम्रो उपलब्धि हुँदाहुँदै पनि केही समस्या रहेकाले उक्त […]

Continue Reading

मनसुनी वायुको प्रभाव कायमै

काठमाडौँ, ८ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ । विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली छ । बागमती प्रदेशका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा बाँकी […]

Continue Reading

कन्सुलर सेवा दिन फ्रान्स दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल), ८ भदौः पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने भएको छ । कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा दिन दूतावासको टोली यही अगष्ट २९ मा पोर्चुगल आउन लागेको दूतावासले जनाएको छ । प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई लिस्बनबाटै कन्सुलर सेवा दिने गरी टोली पठाउन लागिएको […]

Continue Reading

राष्ट्रिय बाँस सम्मेलान खोटाङमा हुने

काठमाडौ । नेपालका प्राय सवै क्षेत्रमा बाँस पाइन्छ । कृषि, घरेलु सामाग्री तथा सांस्कृतिक रुपमा पनि बाँसको उपयोग नेपाली समाजमा प्राचीन समयदेखि हुँदै आएको छ । उपयोगी बाँसलाई अब व्यवसायीक, औद्योगिक र पर्यावरणसँग जोडेर बाँसको वृहत्तर उपयोगिता र महत्वलाई उजागर गर्ने उद्देश्यले आगामि कात्र्तिक २ देखि ४ गतेसम्म खोटाङको दिक्तेलमा राष्ट्रिय बाँस सम्मेलनको आयोजना गर्न […]

Continue Reading

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगन्जका लागि उड्ने तयारीमा रहेको सीता एअरको टुइनेटर जहाजको अघिल्लो भागले ठक्कर दिँदा सोही जहाजका मुगु स्टेशन प्रमुख धीरेन्द्र भाम घाइते भएका हुन् । जहाजका चालकलाई विमान उडान सङ्केत गरिरहेका बेला चालकले बोलाएपछि […]

Continue Reading

बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामा: प्रधानमन्त्री

ललितपुर, १० जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमअनुरूप आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी रहेको बताउनुभएको छ । कोन्ज्योसोम गाउँपालिकाद्वारा आज यहाँ आयोजित त्रिमूर्ति प्रतिमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारको आगामी आवको नीति तथा कार्यक्रम र बजेटबाट कृषि क्षेत्रले पर्याप्त लाभ लिनसक्ने बताउनुभयो । उहाँले नीति […]

Continue Reading

सञ्चारमन्त्री शर्माद्वारा ‘गणतन्त्र दिवस तस्बिर प्रदर्शनी’ उद्घाटन

काठमाडौँ, १० जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्र दिवस–२०८१ का उपलक्ष्यमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित तस्बिर प्रदर्शनीको उद्घाटन गर्नुभएको छ । राससले गणतन्त्र दिवसका सन्दर्भमा ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकमा केन्द्रीय कार्यालय, भद्रकालीमा उक्त तस्बिर प्रदर्शनी आयोजना गरेको हो । प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी […]

Continue Reading