शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकामा सरकारलाई कांग्रेसद्वारा धन्यवाद

काठमाडौँ, २२ फागुन : नेपाली कांग्रेसले शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकामा सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएको छ । सभापति गगनकुमार थापाले बिहीबार विज्ञप्ति जारी गरी निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च सम्मानसहित कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले भन्नुभएको छ, “प्रतिनिधिसभाको […]

Continue Reading

काठमाडौँ–१ मा रास्वपाकी न्यौपाने विजयी

काठमाडौँ, २२ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी हुनुभएको छ । आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापा क्षेत्रीलाई नौ हजार ९१ मतान्तरले पछि पार्दै ३० वर्षीया न्यौपाने निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले राससलाई […]

Continue Reading

आज अधिकांश स्थानमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, २२ फागुनःजल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको बताएको छ । पहाडी भूभागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ […]

Continue Reading

काठमाडौँ–१ मा रास्वपाका न्यौपाने अगाडि

काठमाडौं, २२ फागुनः काठमाडौं निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपानेले १३ हजार ५९१ मत प्राप्त गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृत चुरामन खड्काकाअनुसार नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले पाँच हजार ६९६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले तीन हजार ५०७ मत प्राप्त गर्नुभएको छ । हालसम्म २६ हजार २१६ मत […]

Continue Reading

झापा–५ र २ मा रास्वपा अगाडि

झापा, २२ फागुनः झापा निर्वाचन क्षेत्र–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले सुरुआती अग्रता लिनुभएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुई हजार ३०३ मत गणना हुँदा शाहले एक हजार ४७८ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका केपी शर्मा ओलीले ३८५ मत प्राप्त गर्नुभएको छ । यसैगरी, क्षेत्र नं २ मा रास्वपाकी […]

Continue Reading

रसुवामा कांग्रेसको अग्रता

रसुवा, २२ फागुनः रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आचार्यले ६८९ मत प्राप्त गर्नुभएको छ । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्टले ५३८ र नेकपा एमालेका प्रेम तामाङले २३५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको […]

Continue Reading

छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण : मानवअधिकार आयोग

काठमाडौँ, २१ फागुन : राष्ट्रिय मानवअधिकार आयोगले छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ । प्रतिनिधिसभा निर्वाचनको आयोगले मानवअधिकारको दृष्टिबाट अनुगमन गरेको थियो । अनुमगनका लागि आयोगका अध्यक्ष, सदस्य, पूर्वपदाधिकारी र आयोगका कर्मचारी सम्मिलित ५२ वटा टोलीले ७५ वटा जिल्लामा पुगी निर्वाचनको अनुगमन गरेको हो । आयोगका अनुसार दोलखा, स्याङ्जा, सर्लाही जिल्लालगायतका […]

Continue Reading

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, २२ फागुनः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु २६, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो […]

Continue Reading

नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक लिस्बनमा सम्पन्न

लिस्बन (पोर्चुगल), ९ फागुनः नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र ‘बिसिएम’को पहिलो बैठक पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ । लिस्बनस्थित परराष्ट्र मन्त्रालयमा शुक्रबार सम्पन्न बैठकमा द्विपक्षीय व्यापार, लगानी, पर्यटन, संस्कृति, शिक्षा तथा विज्ञान–प्रविधिको क्षेत्रमा सहयोग अभिवृद्धि र सहकार्य गर्ने सहमति भएको छ । बैठकमा नेपाल–पोर्चुगल सम्बन्धका राजनीतिक, आर्थिक तथा कन्सुलर मामिलालगायत समग्र पक्षहरूको समीक्षा गरिएको थियोे […]

Continue Reading

ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन

बागमती, ९ फागुनः जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनाको अवधिमा रु ७६ लाख ४६ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयाँलका अनुसार उक्त अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने आठ हजार ४१४ सवारीसाधन चालकमाथि कारबाही गरिउको छ । कार्यालयले अघिल्लो आव २०८१/८२ मा ट्राफिक […]

Continue Reading