२०८३ भदौ ९, बुधबार अपराह्न ०२:११:४६

लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

पत्रकारद्वय घिमिरे र चालिसे अभिनन्दित

काठमाडौँ, २५ फागुन : साहित्यिक पत्रकारिता क्षेत्रमा योगदान दिनुहुने दुई साहित्यिक पत्रकारलाई अभिनन्दन गरिएको छ । अभिनव साहित्य समाजले २४औँ वार्षिकोत्सव समारोहका अवसरमा शनिबार रोचक घिमिरे र विजय चालिसेलाई अभिनन्दन गरेको हो । सो अवसरमा वेदमणि अभिनव गजल पुरस्कारबाट रामबहादुर पहाडीलाई सम्मान गरिएको थियो ।

यसै अवसरमा गोविन्दप्रसाद घिमिरे वेदमणिद्वारा लिखित ‘परिणति’ उपन्यासको लोकार्पण गरिएको थियो । साथै अभिनवको दुई सय ७७औँ नियमित मासिक कविता वाचन कार्यक्रम पनि शनिबार नै सम्पन्न भएको छ । सो अवसरमा समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे वेदमणि, साहित्यकार मेनका आचार्य र साहित्यकार परशुराम पराजुलीले सम्मानित एवं अभिनन्दित व्यक्तित्वका बारेमा विचार प्रस्तुत गर्नुभएको थियो ।

साहित्यकार एवं पूर्वसचिव गोपी मैनालीले लोकार्पित पुस्तकबारे चर्चा गर्नुभएको थियो । प्रह्लाद पोखरेल तथा युवराज मैनाली, बाजुराम पौडेल, निर्मणरमण पराजुली, खोलोघरे साहिँलो, सुरेन्द रिमाल, विश्वनाथ दाहाल, सीताराम सापकोटा, शर्मिला तिमल्सिना, दिव्यलक्ष्मी पोखरेल, सुरेशचन्द घिमिरे, कविराज घिमिरे, कृष्णप्रसाद पौडेललगायते आ–आफ्ना रचना वाचन गर्नुभएको थियो ।

आफ्नो टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *