महिला क्रिकेट छनोटको उपाधि काठमाडौँलाई

भरतपुर (चितवन) १८ मङ्सिर : प्रधानमन्त्री कपका लागि भएको बागमती प्रदेश महिला क्रिकेट छनोट प्रतियोगिताको उपाधि काठमाडौँले हात पारेको छ । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको लालितपुर र काठमाडौँबीचको फाइनल खेलमा ललितपुरलाई ४ विकेटले पराजित गर्दै काठमाडौँ क्रिकेट सङ्घले उपाधि हात पारेको हो । सुरुआती ब्याटिङ गरेको ललितपुरले नौ विकेटको क्षतिमा ५४ रन […]

Continue Reading

मध्यपहाडका जनताको सुझाव सङ्कलन गर्दै एमाले

कर्णाली, १८ मङ्सिर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘मिसन–८४’ का लागि मध्यपहाडका जनताको सुझाव सङ्कलन गर्न हिँडेको बताउनुभएको छ । एमालेले सञ्चालन गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको क्रममा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने ग्रामीण क्षेत्रका जनता सुझाव सङ्कलन गर्नुको साथै त्यहाँको विकासको अवस्थालाई राम्रोसँग […]

Continue Reading

आलु खेती विस्तारमा रु तीन करोडको आयोजना सञ्चालन

बेनी, १८ मङ्सिर : म्याग्दीमा आलु खेतीको विस्तार र प्रवद्र्धनका लागि रु तीन करोड बजेटको आयोजना सञ्चालन भएको छ । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा आलु खेतीका लागि कृषि ज्ञान केन्द्र म्याग्दीमार्फत जिल्लामा उक्त आयोजना सञ्चालन गरेको हो । जिल्लामा आलु खेतीको सम्भावना भएको क्षेत्रमा आलु खेतीको विस्तार र कृषकले […]

Continue Reading

चीन-युरोप मालवाहक रेल नेटवर्कले सम्पूर्ण युरोप समेट्दै

चीन-युरोप मालवाहक रेल नेटवर्कले सम्पूर्ण युरोपलाई समेटेको छ । आजसम्म करिब ८१ हजार चीन-युरोप मालवाहक रेल यात्रा सम्पन्न गरी २५ युरोपेली देशहरूका २१७ शहरहरूमा सेवाहरू प्रदान गरिसकेको राष्ट्रिय विकास र सुधार आयोगले जनाएको छ । चीन-युरोप मालवाहक रेलहरूले एसिया र युरोपमा अन्तरराष्ट्रिय यातायात मार्गहरूको आकार परिवर्तन गरेको छ । आर्थिक सहयोगका लागि नयाँ प्लेटफर्म निर्माण […]

Continue Reading

जापानमा युद्ध विरोधी प्रदर्शनीमा शान्तिको आह्वान

जापानको ओकिनावा प्रान्तका बासिन्दाहरूले युद्ध विरोधी र्या लीमा जापानी सरकार र अमेरिकी सेनाले ओकिनावालाई सैन्य किल्लामा परिणत गर्ने प्रयासको भन्दै कडा विरोध गरेका छन्। उनीहरूले बिहीबार राजधानी नाहामा निकालिएको र्याालीमा वार्ताबाटै शान्तिको बाटो खोल्न आह्वान गरेका हुन् । र्याबली आयोजक नागरिक समूहका सह-प्रतिनिधि चोबिन जुकेरानले ओकिनावालाई फेरि युद्धमा संलग्न हुनबाट पूर्णरूपमा रोक्नु नै र्‍यालीको मुख्य […]

Continue Reading

इजरायलको प्रधानमन्त्री कार्यालयद्वारा हमासद्वारा रिहा गरिएका बन्धकहरूको सूची सार्वजनिक

इजरायली प्रधानमन्त्रीको कार्यालयले गत अक्टोबर ७ को आतङ्कवादी हमलामा हमासद्वारा बन्धक बनाएर हिजो रिहा गरिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । इजरायली प्रधानमन्त्री कार्यालयले हमाससँगको सम्झौताको एक भागका रूपमा उद्धार गरिएकामध्ये ११ विदेशी नागरिक रहेको जानकारी दिएको छ। अमेरिका र कतारको मध्यस्थतामा भएको सम्झौता अनुसार उद्धार गरिएका २४ जना हमास बन्धकहरूको सट्टामा इजरायलले ३९ प्यालेस्टिनी […]

Continue Reading

अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा पुरुषहरूलाई घरेलु हिंसाविरुद्ध कदम चाल्न आग्रह

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले महिला र बालबालिका विरुद्ध हुने हिंसा अन्त्य गर्न अष्ट्रेलियाली पुरुषहरूलाई आह्वान गर्नुभएको छ। शनिबार महिला विरुद्धको हिंसा उन्मूलनको लागि अन्तरराष्ट्रिय दिवसको अवसरमा जारी गरिएको विज्ञप्तिमा अल्बानीजले अष्ट्रेलियाको घरेलु हिंसा न्यूनीकरण गर्न तत्काल कदम चाल्न आवश्यक रहेको बताउनु भएको छ। अस्ट्रेलियन इन्स्टिच्युट अफ क्रिमिनोलजीको नेशनल होमिसाइड मोनिटरिङ प्रोग्राम (एनएचएमपी) का अनुसार अस्ट्रेलियामा […]

Continue Reading

असहाय, अनाथ र अशक्तलाई सम्बोधन गर्न कानुन तर्जुमा गरिन्छ : प्रधानमन्त्री

काठमाडौँ, ४ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेवारिसे, असहाय, अनाथ, अशक्त, जोखिममा परेका सहयोगापेक्षी सडक आश्रित मानवको समुचित व्यवस्थापन गर्न कानुन तर्जुमा गर्ने बताउनुभएको छ । उहाँले सङ्घीय संसद्को आगामी अधिवेशनमा सरकारले सो सम्बन्धी विधेयक तयार गरी पेस गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मानव सेवा आश्रमले आज यहाँ आयोजना गरेको ‘मेची महाकाली राष्ट्रिय उद्धार […]

Continue Reading

भूकम्पप्रभावित क्षेत्रका नागरिकको जीवनरक्षा गर्न आग्रह

काठमाडौँ, ४ मङ्सिर : नेकपा (एमाले)को भूकम्पप्रभावित जिल्लाका नागरिकको जीवनरक्षाका लागि उचित प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा भूकम्पप्रभावित जिल्लाका नागरिकले उपचार नपाएर मृत्यु भएको खबरले दुःखित तुल्याएको उल्लेख गर्दै उनीहरूको जीवन रक्षाका लागि उचित प्रवन्ध गर्न आग्रह गरिएको छ । सरकारले वृद्ध, दीर्घरोगी, बालक, महिला, […]

Continue Reading

राष्ट्रपति, उपराष्ट्रपतिद्वारा छठीमाताको पूजा

काठमाडौँ, ३ मङ्सिर : राष्ट्रपति रामचन्द्र पौडेलले छठीमाताको पूजाअर्चना गर्नुभएको छ । छठपर्वको उपलक्ष्यमा आज साँझ उहाँले कमलपोखरीको छठ पूजास्थलमा छठीमाताको पूजा गर्नुभएको हो । राष्ट्रपति पौडेलले गुह्येश्वरीमा निर्मित पूजास्थलमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै छठीमाताको पूजाअर्चना गर्नुभयो । काठमाडौँ उपत्यकाका कमलपोखरी, गुह्येश्वरी गौरीघाट, कुपण्डोललगायत स्थानमा छठ पूजास्थल निर्माण गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै छठीमाताको पूजाअर्चन […]

Continue Reading