जापानमा युद्ध विरोधी प्रदर्शनीमा शान्तिको आह्वान

अन्तर्राष्ट्रिय
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

जापानको ओकिनावा प्रान्तका बासिन्दाहरूले युद्ध विरोधी र्या लीमा जापानी सरकार र अमेरिकी सेनाले ओकिनावालाई सैन्य किल्लामा परिणत गर्ने प्रयासको भन्दै कडा विरोध गरेका छन्। उनीहरूले बिहीबार राजधानी नाहामा निकालिएको र्याालीमा वार्ताबाटै शान्तिको बाटो खोल्न आह्वान गरेका हुन् ।
र्याबली आयोजक नागरिक समूहका सह-प्रतिनिधि चोबिन जुकेरानले ओकिनावालाई फेरि युद्धमा संलग्न हुनबाट पूर्णरूपमा रोक्नु नै र्‍यालीको मुख्य उद्देश्य रहेको बताउँनु भएको छ।
ओकिनावालाई सैन्य अड्डा, क्षेप्यास्त्र वा युद्धकालको आश्रयस्थल होइन तर सुरक्षित जीवनयापनका लागि शान्तिपूर्ण वातावरण चाहिन्छ भनी जोड दिँदै उहाँले शान्तिपूर्ण समाज निर्माण गर्न एकताको आवश्यकतामा थप जोड दिनु भएको छ । जापानी सरकार र अमेरिकी सेनाले ओकिनावालाई सैन्य “ब्रेकवाटर” मा परिणत गर्ने प्रयास गरिरहेको अर्का प्रतिनिधि ताकामात्सु गुशिकेनले सिन्ह्वालाई बताउँनु भएको छ ।
यसले ओकिनावाका बासिन्दाहरू फेरि पीडित हुन सक्छन् र विरोध नगरी ओकिनावाका मानिसहरूको भविष्यको अस्तित्व जोखिममा पर्न सक्छ भन्ने सङ्केत पाएको लामो समयदेखि विश्वको ओकिनावा युद्धमा मारिएकाहरूको अवशेष सङ्कलन गर्ने कार्यमा संलग्न गुशिकेनले बताउँनु भएको छ ।
उहाँले ओकिनावाका जनतालाई शान्तिको बाटोमा लागिरहन आग्रह गर्दै मुख्यभूमि जापानका अधिकांश जनताले ओकिनावालाई फेरि युद्धभूमि बन्न नदिने दृष्टिकोण अपनाउन सक्ने भन्दै स्थानीय बासिन्दाले आफ्नै प्रयासबाट शान्तिका लागि प्रयास गर्नुपर्नेमा जोड दिनु भएको छ । ओकिनावाले युद्धको अनुभव गरिसकेकाले अब थप विनाशकारी युद्धको अनुभव गर्न नचाहाने र भावी पुस्ताले पनि यसबाट गुज्रन नचाहेको स्थानीय हाई स्कूलका विद्यार्थी इचिरो उहेराले बताउँनु भएको छ ।
प्रिफेक्चरको इसिगाकी टापु, मियाको टापु र योनागुनी टापु लगायतका विभिन्न क्षेत्रका युद्ध विरोधी समूहका प्रतिनिधिहरूले दक्षिण पश्चिमी टापुहरूलाई सेल्फ डिफेन्स फोर्स मिसाइल बेसमा परिणत गर्ने र संयुक्त सैन्य अभ्यास बढाउने जापानको योजनाप्रति आफ्नो चिन्ता र विरोध व्यक्त गरेका छन् ।
ओकिनावाबाट युद्धविरोधी गतिविधिलाई देशैभर फैलाउन आह्वान गर्दै ‘विश्वास स्थापित गर्नको लागि वार्ता नै शान्तिको बाटो हो’ भन्ने घोषणापत्र जारी गर्दै र्या्लीको समापन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *