चीन-युरोप मालवाहक रेल नेटवर्कले सम्पूर्ण युरोप समेट्दै

अन्तर्राष्ट्रिय
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

चीन-युरोप मालवाहक रेल नेटवर्कले सम्पूर्ण युरोपलाई समेटेको छ ।
आजसम्म करिब ८१ हजार चीन-युरोप मालवाहक रेल यात्रा सम्पन्न गरी २५ युरोपेली देशहरूका २१७ शहरहरूमा सेवाहरू प्रदान गरिसकेको राष्ट्रिय विकास र सुधार आयोगले जनाएको छ ।
चीन-युरोप मालवाहक रेलहरूले एसिया र युरोपमा अन्तरराष्ट्रिय यातायात मार्गहरूको आकार परिवर्तन गरेको छ । आर्थिक सहयोगका लागि नयाँ प्लेटफर्म निर्माण गरेको छ र विश्वव्यापी औद्योगिक र आपूर्ति शृङ्खलाको स्थिरता सुनिश्चित गर्न मद्दत गरेको आयोगका अधिकारी सु जियानपिङले पत्रकार सम्मेलनमा बताउँनु भएको छ ।
चीन-युरोप रेलवे एक्सप्रेस चीनको बेल्ट एण्ड रोड इनिसिएटिभको प्रमुख उद्यमका रूपमा विकसित भएको छ । भविष्यमा यस किसमको सेवाहरू अझ विकसित र विस्तारित हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *