दक्षिण अफ्रिकामा बाढीबाट सातको मृत्यु, ११ बेपत्ता

दक्षिण अफ्रिकाको एक प्रान्तमा आएको बाढीका कारण सात जनाको मृत्यु र ११ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् । बेपत्ताहरूको खोजीमा उद्धारकर्मीहरू मङ्गलबार मुसलधारे वर्षामा सङ्घर्ष गरिरहेका छन् । क्वाजुलु नटाल प्रान्तको लेडिस्मिथ जिल्लामा १० मिटर (३३ फिट) सम्मको गहिरो हिलोले घरहरू क्षतिग्रस्त भएको र कारहरू बगाएको उद्धारकर्मीहरूले बताएका छन् । प्रान्तीय अधिकारीहरूले छ जनाको […]

Continue Reading

नदी तर्न काठे पुलकै भर, शुल्क तिर्नुपर्ने बाध्यता

बेदकोट (कञ्चनपुर), ११ पुस : कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्य रहेको छ । सो नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीय काठको अस्थायी पुलबाट शुल्क तिरेर ओहोरदोहोर गर्ने गरेका छन् । शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा राना लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयको शिक्षण गर्नुहुन्छ । दैनिक दोदा […]

Continue Reading

झापा इनर्जीद्वारा १० मेगावाट विद्युत् उत्पादन

झापा, ११ पुस : नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा झापा इनर्जी प्रालिबाट उत्पादित १० मेगावाट विद्युत जोडिएको छ । निजी क्षेत्रको सबैभन्दा धेरै क्षमताको यो सौर्य ऊर्जा परियोजना जिल्लाको शिवसताक्षी नगरपालिका–४ मा सञ्चालित छ । प्राधिकरणको दमक वितरण केन्द्रका प्रमुख परितोषकुमार चौधरीले प्राधिकरणको शिवसताक्षीस्थित बुलुचोक सबस्टेशनमा उक्त सौर्य ऊर्जा जोडिएको जानकारीदिनुभयो । “झापा इनर्जीको यो […]

Continue Reading

साकेला उँधौली : भूमिको पूजा गर्दै साकेला नाचियो

खोटाङ, ११ पुस : किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ मङ्गलबारदेखि सुरु भएको छ । माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उँभौली चाड मनाउने गर्दछन् । पन्ध्र दिनसम्म मनाइने उँधौली साकेलाको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका किरात समुदाय ऐतिहासिकस्थल रुपाकोटगढीमा भेला भएर […]

Continue Reading

झ्याजेटोलबाट ७० लाख बराबरको तरकारी निकासी

भेरीगङ्गा (सुर्खेत), ११ पुस : दैलेख गुराँस गाउँपालिका–८ झ्याजेटोलका गोपीलाल खड्काले यस वर्ष तरकारी बेचेरै करिब रु पाँच लाख कमाउनुभयो । उहाँले बारीमा आलु, काउली र टमाटर लगाउने गर्नुभएको छ । यही तरकारी बेचेरै उहाँ आफ्नै ठाउँमा मनग्य आम्दानी गर्न सफल हुनुहुन्छ । तरकारी बेचेरै घरखर्च र केटाकेटीको पढाइ खर्च कटाएर बचत गर्ने गर्नुभएको छ […]

Continue Reading

नारायणगढ–बुटवल सडकखण्ड : १८ किलोमिटर कालोपत्र

नवलपुर (नवलपरासी), ११ पुस : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । आयोजनाको पूर्वीखण्डमा पर्ने गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर सडकमध्ये १८ दशमलव पाँच किलोमिटर खण्डमा कालोपत्र गरिएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडका कन्ट्रयाक्ट म्यानेजर (ठेक्का व्यवस्थापक) राकेश झाका अनुसार अहिले एकतर्फी कालोपत्रसँगै […]

Continue Reading

‘नकारात्मकताले समाजको सिर्जनात्मकता मारिरहेको छ’

काठमाडौँ, १० पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय समाजमा नकारात्मक सोच र शैली हावी हुँदा त्यसले समग्रमा व्यक्ति र समाजसमेतको सिर्जनात्मकता खुम्चिँदै गएको बताउनुभएको छ । आफ्नो नेतृत्वमा सरकार बनेको एक वर्ष अवधिको समीक्षा र अबको योजनासहित देशवासीका नाममा सम्वोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले नकारात्मक सोच र भावनाले नतिजा दिन नसक्ने बताउनुभएको हो […]

Continue Reading

खेलाडी र खेल सङ्घको वर्गीकरण गर्दैछौँ’

अन्नपूर्ण (कास्की) १० पुस : नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलाडी र खेल सङ्घको वर्गीकरणको तयारी गरिरहेको बताउनुभएको छ । पोखरा रङ्शालामा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लिम्बूले सरकारले खेलाडी र खेल सङ्घको वर्गीकरण गरेर सेवा सुविधा दिने बताउनुभएको हो । “अन्तर्राष्ट्रियस्तरमा खेल्ने खेलाडीको वर्गीकरण गरेर तलब भत्ताको सुविधा दिने गरी काम भइरहेको […]

Continue Reading

यी हुन् प्रधानमन्त्रीले घोषणा गर्नुभएका नयाँ योजना र कार्यक्रम

काठमाडौँ, १० पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकारको नेतृत्व गरेको एक वर्षका अवसरमा देसबासीका नाममा सम्बोधन गर्नुहुँदै केही महत्त्वपूर्ण योजना र कार्यक्रमसमेत घोषणा गर्नुभएको छ । आफ्नो एक वर्षे कार्यकालका उपलब्धि र सरकारको अबको योजनासहित प्रधानमन्त्री दाहालले देशबासीका नाममा सम्बोधन गर्नुभएको हो । सरकारले आगामी दिनमा गर्ने केही महत्त्वपूर्ण काम र त्यसको योजनाबारे […]

Continue Reading

हात्ती आक्रमणबाट तीनको मृत्यु

झापा, ४ पुस : एक महिनामा जिल्लामा जङ्गली हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना कर्मचारी रहेका छन् भने एक जना सर्वसाधारणको रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रमुख मेघराज राईका अनुसार जलथल वनबाट निस्कने जङ्गली हात्तीको आक्रमणमा हल्दीबारी गाउँपालिका दुई जना र दमक नगरपालिकाका एक जनाको […]

Continue Reading