जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणको जोखिम उच्च

काठमाडौँ, २१ भदौः स्वास्थ्य सेवा विभागले जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागअन्तर्गतको परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले यही भदौ १५ गतेदेखि असोज १५ गतेसम्म जापानिज इन्सेफ्लाइटिस रोग सङ्क्रमणको जोखिम उच्च रहेको बताउनुभयो । उहाँका अनुसार सामान्यता साउनदेखि कात्तिकसम्म जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण हुन्छ […]

Continue Reading

सामाजिक सञ्जालको पहुँचले नागरिकको मौलिक अधिकार सुदृढ तुल्याउँछः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, २१ भदौः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको विकास, विस्तार र बढ्दो पहुँचले स्वतन्त्र रूपमा विचार अभिव्यक्त गर्ने तथा सूसुचित हुने नागरिकको मौलिक अधिकारलाई सुदृढ तुल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । आजदेखि औपचारिक रुपमा टिकटकमाथिको प्रतिबन्ध हटाइएको सन्दर्भमा प्रेस नोट जारी गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले टिकटकलगायतका सामाजिक […]

Continue Reading

भारतीय राजदूतद्वारा महाकाली पुलको अनुगमन

दार्चुला, २१ भदौ : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दार्चुलामा महाकाली नदीमा निर्माण भइरहेको नेपाल–भारत जोड्ने मोटरेवल पुलको अनुगमन गर्नुभएको छ । राजदूत श्रीवास्तवले महाकाली नगरपालिका–८ असिगडामा निर्माण भइरहेको भारतको छारछुम जोड्ने मोटरेवल पुलको आज अनुगमन गर्नुभएको हो । नेपाल–भारत जोड्ने उक्त पुलले दुई देशबीचको व्यापारीक, पर्यटकीय र साँस्कृतिक पक्षमा महत्वपूर्ण टेवा पुग्ने उल्लेख […]

Continue Reading

तीज पर्व सशक्तीकरणको प्रतीक : अध्यक्ष दाहाल

काठमाडौँ, २१ भदौः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीज पर्वले नेपाली दिदीबहिनी आगामी दिनमा आर्थिक, सामाजिक र राजनीतिक रुपले नेतृत्वदायी भूमिकामा आउने प्रेरणा प्राप्त होस् भन्ने कामना व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले आज जारी गर्नुभएको शुभकामना सन्देशमा हिन्दू धर्मावलम्बी नेपाली महिलाको विशेष चाड तीज पर्वका अवसरमा दिदीबहिनीहमा सुखशान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ […]

Continue Reading

निर्वाचन आचारसंहिता पालना गर्न आह्वान

काठमाडौँ, ९ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढङ्गले सम्पन्न गर्न निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न आह्वान गरिएको छ । नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्र्रप्रसाद अर्याल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतमद्वारा जारी विज्ञप्तिमा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउन निर्वाचन […]

Continue Reading

तीजको अवसरमा भक्तपुरका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको भीड

भक्तपुर, २१ असोज (रासस) : प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा भक्तपुरका प्रमुख शिवालयमा आज बिहानैदेखि दर्शनार्थी महिलाहरूको भीड लागेको छ । ब्रह्मा, विष्णु र महेश्वरको स्वरूप मानिने भक्तपुरको दत्तात्रय मन्दिरमा आज बिहानैदेखि महिलाहरूको भीड लागेको हो । मेला व्यवस्थापन समितिले दर्शनका लागि आएका महिलाहरूको दुई किलोमिटर लामो लाइन लागेपछि […]

Continue Reading

सबै स्थानीय तहमा विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौंः प्रधानमन्त्री ओली

काठमाडौँ, २१ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्न विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति अनुदान रकम विद्यार्थीले पाए नपाएकाबारे सरकारले अनुगमन गर्ने बताउनुभएको छ । आज सामाजिक सञ्जाल फेसकुकमार्फत उहाँले सबै स्थानीय तहमा यस विषयमा अनुगमन गरिने जानकारी दिनुुभएको हो । प्रधानमन्त्री ओलीले सामुदायिक विद्यालयमा कक्षा (६–१०) का विपन्न विद्यार्थीका लागि वार्षिक रु १८ र विज्ञान […]

Continue Reading

नापतौलमा अनियमितता गर्ने व्यवसायीलाई कारवाही र जरिवाना

जनकपुरधाम, २१ भदौः गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले तोकिएको मापदण्ड विपरीत जथाभावी ढक र तराजुको प्रयोग गर्ने तथा नापतौलमा अनियमितता गरी ठगीगर्ने एक हजार सात सय १७ व्यवसायीलाई कारबाही र जरिवानासमेत गरेको छ । सो कार्यालयले गत आर्थिक वर्ष २०८०/८१मा एकल एवम् संयुक्त अनुगमन गर्दा कैफियत पाइएपछि कारवाही गरेको जनाएको छ । धनुषा, महोत्तरी, सर्लाही, […]

Continue Reading

पत्रकार महासङ्घको निर्वाचन असोज ५ गते

काठमाडौँ, भदौ १६ गते । नेपाल पत्रकार महासङ्घको महाधिवेशन असोज ५ गते हुने भएको छ । महासङ्घका अध्यक्ष विपुल पोखरेलले आइतबार प्रेस वक्तव्य जारी गर्दै सबै तहको निर्वाचन असोज ५ गते हुने उल्लेख गर्नुभएको छ । ‘‘सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी गराउँछु । साथै, यो निर्वाचनलाई सफल बनाउन सबैसँग […]

Continue Reading

संविधानले महिलालाई प्रदान गरेका अधिकारको प्रभावकारी कार्यान्वयन जरुरी छः राष्ट्रपति पौडेल

काठमाडौँ, १८ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुनले प्रदान गरेका महिला हकअधिकारको प्रभावकारी कार्यान्वयन जरुरी रहेको बताउनुभएको छ । प्रथम महिला सविता पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजना गर्नुभएको हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले महिलाका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच विस्तारै विकास हुँदै गए पनि अधिकारको कार्यान्वयनमा अझै जोड […]

Continue Reading