युवराज मैनालीको दृष्टिःदृष्टिकोण विमोचन

काठमाडौं । लघुकथाकार एवम् समालोचक युवराज मैनालीको समालोचनात्मक कृति ‘दृष्टिःदृष्टिकोण’ को आज समाज विकास समाज भवन, अनामनगरमा विमोचन गरियो । विमोचन कार्यक्रम मुक्तिनाथ दर्शन साहित्य समाजको आयोजनामा सम्पन्न भएको थियो । समाजका अध्यक्ष हरिभक्त सिग्देलको सभापतित्वमा सम्पन्न पुस्तक विमोचन समारोहमा प्रमुख अतिथिको रूपमा आयामेली कवि एवम् संस्कृतिविद् वैरागी काईंला थिए भने विशिष्ट अतिथिको रूपमा त्रिभुवन […]

Continue Reading

असार ८ र ९ गते ‘डिजिटल नेपाल कन्क्लेभ’ हुने

डिजिटल रुपान्तरणका लागि नीतिगत बहस पैरवी गर्ने उद्देश्यले डिजिटल नेपाल कन्क्लेभ २०२३ काठमाडौँमा आयोजना हुने भएको छ । आगामी असार ८ र ९ गते कन्क्लेव आयोजना गर्न लागिएको आयोजक आइसिटी फाउन्डेसन नेपालले जानकारी दिएको छ । ‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’को नारासहित आयोजना हुने कन्क्लेभले डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता र यसका लागि आवश्यक नीति र […]

Continue Reading

जनकपुरधाममा महेन्द्रनारायण निधि आमन्त्रित कराते प्रतियोगिता सुरु

जनकपुरधाममा महेन्द्रनारायण निधि आमन्त्रित कराते प्रतियोगिता भएको छ । आज जनकपुरधामको कभर्ड हलमा सुरु भएको प्रतियोगितामा मधेस प्रदेशका विभिन्न तौल समूहका कराते खेलाडीहरू सहभागी भएका छन् । प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेसका सांसद् तथा पूर्वउपसभापति विमलेन्द्र निधिले कराते कुनै पनि अस्तशस्त्र र हतियारको प्रयोग विना आफ्नो कला कौशल र शक्तिले खेलिने खेल रहेकाले अहिंसावादी खेल […]

Continue Reading

युवा पुस्तालाई देशको कला, संस्कृतिको महत्त्व बुझाउन लाग्नुपर्छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको कला, संस्कृतिको महत्त्व बुझाउन र नेपाली चलचित्र क्षेत्रबारे बालबालिकालाई सचेतना प्रदान गर्नु अहिलेको आवश्यकता भएको बताउनुभएको छ । दाङको घोराहीस्थित बहुउद्देश्यीय सभागृहमा चलचित्र विकास बोर्डले आयोजना गरेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव, २०८० को शुक्रबार उद्घाटन गर्दै उहाँले नेपालको कला, संस्कृति, परम्परा, रीतिरिवाज, सभ्यता चिनाउन नेपाली चलचित्र क्षेत्रलाई […]

Continue Reading

‘हरहर महादेव पानी देऊदेऊ’

लामो समयदेखि खडेरी परेपछि नारायणगढका युवाहरूले ‘हरहर महादेव पानी देऊदेऊ’ भन्दै बजार परिक्रममा गरेका छन् । उनीहरूले गौरेश्वर पशुपति मन्दिर नारायणगढमा पूजाआजासहित बजार परिक्रममा गरेका हुन् । कार्यक्रमका संयोजक मनोज घिमिरेका अनुसार मन्दिरमा पूजा गरेर बाजागाजासहित नारायणगढ बजार परिक्रममा गरिएको हो । लामो समयदेखि पानी नपर्दा जनजीवन प्रभावित बन्दै गएपछि यो कार्यक्रम आयोजना गरिएको उहाँले […]

Continue Reading

नाला सफाइ गर्ने क्रममा ठूलो परिमाणमा बन्दुकको गोली फेला

वीरगञ्ज महानगरपालकाको एक वडाको नाला सफाइ गर्ने क्रममा आज ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको छ । महानगरपालिकाका कर्मचारीहरूले महानगर–६ मा नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने एक सय पाँच थान गोली फेला परेको हो । नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, एसएलआरको चार राउण्ड, हर्नेटको १७ […]

Continue Reading

घर भाडामा छुट दिन व्यवसायीको माग

चितवनका व्यवसायीले २० प्रतिशतसम्म घर भाडामा छुट दिन माग गरेका छन् । नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले आर्थिक मन्दीबाट व्यवसाय धराशयी अवस्थामा पुगेको भन्दै हाल तिर्दै आएको घर भाडादरमा २० प्रतिशत छुट दिन अनुरोध गरेको हो । मञ्चले शुक्रबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक मन्दीको असर रहुन्जेल तथा व्यवसाय पूर्ववत् अवस्थामा चलायमान हुन नसक्दासम्म […]

Continue Reading

मिथिला क्षेत्रका ऐतिहासिक तथा सांस्कृतिक लोकनाच लोप हुँदै

कुनैबेला मिथिला क्षेत्रमा अत्यन्तै लोकप्रिय बनेका प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक लोकनाच यतिबेला लोप हुन थालेका छन् ।  मोबाइल फोनको बढ्दो प्रयोग तथा उचित संरक्षणको अभावमा सातौँ र आठौँ शताब्दीदेखि मिथिला क्षेत्रमा प्रचलनमा रहेका मिथिला क्षेत्रका ऐतिहासिक, प्रचीन लोकनाच राजा सलहेस, शितवसन्त, रुनाझुना, जङ्गली बादशाह, गोपीचन्द, कुँवर वृजभान, सुन्दर बनको सुन्दर फूल, अल्लाह रुदल, गुगली घाट, […]

Continue Reading

सहकारी व्यवस्थापकलाई ५९ लाख तिर्न आदेश

धादिङको साना किसान कृषि सहकारी संस्था सुनौला बजारका कृष्णबहादुर श्रेष्ठसमेत १३ जनाले सहकारीका प्रबन्धक लिलादेवी पोखरेल अधिकारीविरुद्ध लिखतबमोजिमको रकम दिलाइ भराइ पाऊँ भनी जिल्ला अदालतमा दिएको मुद्दाको पक्षमा फैसला गरेको छ । विसं २०६९ देखि सहकारीको हिसाब मिलान नभएको र सहकारी घाटामा गएको देखाएर सहकारीका प्रबन्धक पोखरेलले शेयर सदस्यबाट लिएको रकम हिनामिना भएको भन्दै सहकारीका […]

Continue Reading

महिलाको नाममा भू–स्वामित्व बढ्दै

मालपोत कार्यालयबाट हुने रजिस्टे«सनमा राजस्व छुट पाएका कारण महिलाका नाममा जग्गा जमिनको भू–स्वामित्व कायम गराउने कार्य क्रमशः बढ्न थालेको छ । महिलालाई अचल सम्पत्तिको मालिक बनाई जीवनयापनमा सहजको साथै पारिवारिकरूपमा हुने विभेद हटाउन सरकारले विगत लामो समयदेखि राजस्वमा ५० प्रतिशत छुट दिने प्रावधान ल्याएपश्चात् रसुवामा पछिल्लो समय महिलाको नाममा भू–स्वामित्व बढ्न थालेको हो । राष्ट्रिय […]

Continue Reading