जनकपुरधाममा महेन्द्रनारायण निधि आमन्त्रित कराते प्रतियोगिता सुरु

खेलकुद समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

जनकपुरधाममा महेन्द्रनारायण निधि आमन्त्रित कराते प्रतियोगिता भएको छ । आज जनकपुरधामको कभर्ड हलमा सुरु भएको प्रतियोगितामा मधेस प्रदेशका विभिन्न तौल समूहका कराते खेलाडीहरू सहभागी भएका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेसका सांसद् तथा पूर्वउपसभापति विमलेन्द्र निधिले कराते कुनै पनि अस्तशस्त्र र हतियारको प्रयोग विना आफ्नो कला कौशल र शक्तिले खेलिने खेल रहेकाले अहिंसावादी खेल रहेको बताउनुभयो । उहाँले अहिंसावादी खेल कराते अहिंसा र गान्धीवादी नेता स्व महेन्द्रनारायण निधिकै नामबाट आयोजना गरिएकोमा आयोजकलाई धन्यावाद दिनुभयो ।

कांग्रेस नेता निधिले जनकपुरधाममा खेलकुदको विकासका लागि प्रस्तावित श्री राम जानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रङ्गशालाको निर्माण कुनै पनि हालतमा हुनुपर्ने बताउनुभयो । निधिले चाहे भारतले बनाओस् कि नेपाल सरकारले तर रङ्गशाला बन्नुपर्ने आफ्नो धारणा राख्नुभयो ।

जनकपुरधामका मेयर मनोजकुमार साह र उपमेयर किशोरी साहले, कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियार लगायतले खेलकुदको महत्वबारे चर्चा गर्दै जनकपुरधाममा खेलकुद विकास र पूर्वाधारमा ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो ।

सो अवसरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मा पदक विजेता मधेश प्रदेशकी खेलाडीद्वय पोर्सिया चौधरी र सुजता परियारलाई सम्मान गरिएको थियो । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ धनुषा र अध्यक्ष अखिल मढीको आयोजनामा भएको प्रतियोगितामा विभिन्न तौल समूहमा भएको करातेमा मधेसका धनुषा, महोतरी, सिरहा तथा सप्तरी जिल्लाका खेलाडीको सहभागिता रहेको थियो ।

प्रतियोगितामा महोत्तरी प्रथम, सप्तरी द्वितीय र महोत्तरीको खैरमारा तृतीय भएको थियो । विजेता हरेक खेलाडीलाई गोल्ड मेडल र एक हजार नगद प्रदान गरिएको आयोजकले जनाएको छ । समुद्घाटन समारोहमा नेपाली कांग्रेसका नेताहरु, करातेका प्रशिक्षक र पूर्वखेलाडीसहितको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *