सञ्चारमन्त्रीद्वारा छठको शुभकामना

काठमाडौँ, ३ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूर्यको आराधना, उपासना र पूजा गरी परिवार कल्याणको कामनासहित उल्लासपूर्वक मनाइने छठ पर्वका अवसरमा तराईवासीलगायत सबै बुबाआमा, दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । मन्त्री शर्माले आज जारी गर्नुभएको शुभकामनामा भनिएको छ, “हरेक जनसमुदायले आफ्नो आस्थाअनुसारको धर्म संस्कृतिको संरक्षण र अभ्यास गर्दै सबैले […]

Continue Reading

चिसोका कारण भूकम्पपीडितको मृत्यु

जाजरकोट, ३ मङ्सिर ः अत्यधिक चिसोका कारण नलगाड नगरपालिका–८ टापुकी ७० बर्षीया विष्णुकमारी खत्रीको मृत्यु भएको छ । भूकम्पमा परी घाइते भइ स्थानीय मेडिकलमा उपचार गराइरहनुभएकी खत्रीको आज विहान मृत्यु भएको हो । उहाँ हाल त्रिपासको साहरामा बस्दै आउनुभएको थियो । आज विहान खत्रीलाई उपचारका लागि लैजाने तयारी गर्दैगर्दा मृत्यु भएको वडा अध्यक्ष तेजबहादुर सिंहले […]

Continue Reading

श्रीराम श्रेष्ठको कृति ‘मायागार्ग’ सार्वजनिक

नुवाकोट । साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित सोमान्का संग्रह ‘ मायामार्ग’ नामक कृति सार्वजनिक भएको छ । नुवाकोट साहित्य प्रतिष्ठानद्वारा नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा आयोजित एक कार्यक्रममा साहित्यकार, प्रतिष्ठानका पदाधिकारी एवं उपस्थित विभिन्न क्षेत्रका प्रतिनिधिहरुले संयुक्त रुपमा लोकार्पण गर्नुभयो । ‘मायामार्ग’ जापानी शैलीको कविताहरु सोमान्का संग्रहित गरिएको कति हो । उक्त विमोचन कार्यक्रममा नुवाकोट साहित्य प्रतिष्ठानका […]

Continue Reading

गड्गेश्वर मन्दिर जिर्णोद्धारका लागि श्रीमद्भागवत पुराण लगाइदै

तनहु । रिसिङ गाउँपालिका वडा नं ५ रुपटारमा अवस्थित करिव दुईसय वर्ष पुराना महादेव मन्दिर संरक्षण गर्ने उद्देश्यका साथ आगामि मंसीर ७ गते श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ एकाहा लगाइने भएको छ । हरिबोधनी एकादशीको दिन पारेर मन्दीर परिसरमा एकदिने भागवत पाठ पारायण तथा यज्ञ गरिन लागेको रामहरि गिरीले जानकारी दिए । उक्त मन्दीर वि.सं १८९० […]

Continue Reading

नुवाकोट क्याम्पसको कक्षाकोठा भवन निर्माणको शिलान्यास

  विदुर । नुवाकोट क्याम्पसको कक्षाकोठा भवन निर्माण शुरु गरिएको छ । उक्त भवन निर्माणको एक कार्यमका बीच वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले गर्नुभएको हो । उक्त भवन विश्वविद्यालय अनुदान आयोगको भौतिक विकास अनुदान अन्तरगत छनोट भई नेपाल सरकारको खरीद ऐन अनुसार निर्माण प्रक्रिया अघि बढेको हो । कार्यक्रमको उद्घाटन […]

Continue Reading

पुष्पखेती बढाउन मन्त्री भुसालको आह्वान

गोदावरी (ललितपुर), १४ कात्तिक : कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले फूलको आयात कम गर्न किसानलाई पुष्पखेती बढाउन आग्रह गर्नुभएको छ । मन्त्री भुसालले आज जावलाखेल खेलमैदानमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको उद्घाटन गर्दै यस्तो आग्रह गर्नुभएको हो । उहाँले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्दै आयातलाई निरुत्साहित गर्न सरकार क्रियाशील रहेको बताउनुभयो । ‘रोपेर फूल गोदावरी, सजाऔँ […]

Continue Reading

मुलुकको आर्थिक विकासमा सबै लाग्नुपर्नेमा एमालेको जोड

काठमाडौँ, १२ कात्तिक : नेकपा (एमाले) का मुख्य सचेतक पदम गिरीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नलागेको जिकिर गर्नुभएको छ । उहाँले अन्य राजनीतिकि दल र तिनका नेताले वर्तमान सरकार परिवर्तन गर्नुपर्छ भनिरहेको सन्दर्भमा आफ्नो पार्टी भने सरकार ढाल्ने खेलमा नलागेको जिकिर गर्नुभयो । प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्य सचेतक गिरीले मुलुकको आर्थिक क्षेत्र […]

Continue Reading

प्रादेशिक अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

काठमाडौँ, १२ कात्तिक : टोखा चण्डेश्वरी प्रादेशिक अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरिएको छ । नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेलको पहलमा लायन्स क्लब अफ काठमाडौँले उपलब्ध गराएको ‘थाइराइड हर्मोन भिटामिन बि १२ भिटामिन डि तथा क्यान्सर चेकजाँच प्रयोगशाला’ तथा ‘ब्लड जाँच’ यन्त्र आज हस्तान्तरण गरिएको हो । बागमती प्रदेश […]

Continue Reading

दुर्घनामा परी प्रहरी जवानको मृत्यु

बारा, ११ कात्तिक : मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भई इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनार रहेको प्रहरी उपरीक्षक सुशप्रसाद काफ्लेले जानकारी दिनुभयो । आज बिहान ७ः३० बजेको समयमा निजगढ नगरपालिकाबाट वडा नं ८ बाट जीतपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ मोटरसाइकल चोरी […]

Continue Reading

दोस्रो दिन पनि नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

काठमाडौँ, ८ कात्तिक ः आश्विन शुक्ल एकादशीका दिन आज नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल बढेको छ ।विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो मान्यजनकहाँ जान नपाएकाहरु आज […]

Continue Reading