सञ्चारमन्त्रीद्वारा छठको शुभकामना

प्रमुख समाचार प्रशासन समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौँ, ३ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूर्यको आराधना, उपासना र पूजा गरी परिवार कल्याणको कामनासहित उल्लासपूर्वक मनाइने छठ पर्वका अवसरमा तराईवासीलगायत सबै बुबाआमा, दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

मन्त्री शर्माले आज जारी गर्नुभएको शुभकामनामा भनिएको छ, “हरेक जनसमुदायले आफ्नो आस्थाअनुसारको धर्म संस्कृतिको संरक्षण र अभ्यास गर्दै सबैले सबैको धर्म संस्कृतिको सम्मान गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैमा यो छठ पर्वले प्रेरणा प्रदान गरोस्, हार्दिक शुभकामना ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *