नेप्सेमा उच्च अङ्कको गिरावट

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से ६० दशमलव ७७ अङ्कले घटेर दुई हजार एक सय २१ दशमलव ८६ कायम भएको छ । आज दुई सय ५३ वटा कम्पनीको ८१ लाख ३९ हजार आठ सय ४० कित्ता शेयर ५१ हजार दुई सय २६ पटक खरिदबिक्री हुँदा रू तीन […]

Continue Reading

अर्थतन्त्रको समस्या समाधान गर्न प्रयत्नरत छु : अर्थमन्त्री

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रको समस्या समाधान गर्न निरन्तर प्रयत्न गर्दै आएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनका सम्बन्धमा वक्तव्य दिँदै उहाँले आफूले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै वित्तीय क्षेत्रमा देखापरेका सम्पूर्ण समस्या समाधान गर्न प्रयास केन्द्रित गरेको बताउनुभयो । “निजी क्षेत्रको व्यावसायिक आत्मविश्वास जोगाउन, सरकार र […]

Continue Reading

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले आफ्नो सोह्रौँ वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले उक्त प्रतिवेदन पेस गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति भण्डारीले गत आर्थिक वर्षमा स्थानीय तह सदस्यको निर्वाचन र चालू आर्थिक वर्षमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकामा […]

Continue Reading

वर्तमान सत्ता साझेदारीलाई अझ बलियो बनाउने एमाले निर्णय

नेकपा ९एमाले० ले वर्तमान सत्ता साझेदारीलाई अझ बलियो बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भएको एमाले १५औँ सचिवालय बैठकले मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक सुधारका लागि वर्तमान सत्ता साझेदारीलाई अझ बलियो बनाएर अगाडि बढ्ने निर्णय गरेको एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिनुभयो । बैठकले गत पुस १० […]

Continue Reading

झापामा दश मेगावाटको सौर्य ऊर्जा परियोजनाको निर्माण तीव्र

झापामा दश मेगावाट विद्युत् उत्पादन गर्ने मुलुककै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण कार्य तीव्ररूपमा भइरहेको छ । सो परियोजना झापा इनर्जीको नामले परिचित छ । शिवसताक्षी नगरपालिका–४ सालमारामा रु ८० करोडको लगानीमा परियोजनाको निर्माण सुरु भएको हो । एककाइस बिघा जमिनमा फैलिने परियोजनाको आगामी विसं २०८० असार मसान्तमा निर्माण सम्पन्न गरिने गरी काम भइरहेको झापा […]

Continue Reading

बोक्सीको आरोप लाउनेलाई कैद सजाय

ओखलढुङ्गा जिल्ला अदालतले बोक्सीको आरोप लगाउनेलाई कैद सजायको फैसला गरेको छ । जिल्लाको मोलुङ गाउँपालिका–१ की ६४ वर्षीया एक वृद्धालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा सोही स्थानका दुई जनाविरुद्ध कैद सजायको फैसला भएको हो । बोक्सीको आरोप लगाई वृद्धालाई आगोले पोल्ने ५० वर्षीय दीपक विश्वकर्मा र २७ वर्षीया मुना विश्वकर्माविरुद्ध अदालतले कैद र जरिवानाको […]

Continue Reading

अनेमसङ्घको राष्ट्रिय सम्मेलन चैतमा

अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन आगामी चैत २५ र २६ गते हुने भएको छ । सम्मेलन आयोजक कमिटीको आज बसेको तयारी बैठकमा उक्त समयमा सम्मेलन गर्ने र सम्मेलनको व्यवस्थापन बागमती प्रदेश कमिटीले गर्ने निर्णय गरिएको छ । नेकपा (एमाले) का स्थायी समिति सदस्य सीता पौडेलले राज्यको प्रत्येक निकायमा महिला सहभागिता वृद्धि गर्नका लागि […]

Continue Reading

चोरी र आगजनीका घटना बढेको भन्दै व्यवसायीद्वारा सुरक्षा माग

दमकको नमूना बजारको नामले चिनिने व्यापारिक क्षेत्रमा चोरी, आगजनीजस्ता घटना बढेको भन्दै सुरक्षाको प्रत्याभूति दिलाउन व्यवसायीले माग गरेका छन् । दमक उद्योग वाणिज्य सङ्घकी कार्यसमिति सदस्यसमेत रहेकी व्यवसायी नेत्री कविता अधिकारीको नेतृत्वमा सो क्षेत्रका व्यवसायीको एक समूहले नगर प्रमुख रामकुमार थापालाई भेटेर तत्काल सुरक्षाको प्रत्याभूति दिलाउन ध्यानाकर्षण गराएको हो । आइतबार राति त्यहाँस्थित बेन्जु राईले […]

Continue Reading

लोकसेवासहित रोकिएका सबै विज्ञापन खुला गर्न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले लोकसेवा आयोगसहित विभिन्न निकायको सम्पूर्ण विज्ञापन तत्काल खोल्न आदेश गरेको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासले कुनै पनि कारणले विज्ञापन रोक्न नमिल्ने र थारुलगायत पछाडि परेका वर्गका लागि आरक्षण दिनुपर्ने विषयमा आगामी आर्थिक वर्षमा पूर्ति हुने सिट निर्धारण गर्न परमादेश गरेको हो । सर्वोच्चको फैसलामा भनिएको छ, “प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]

Continue Reading

देवशिला जनकपुरधामबाट अयोध्या प्रस्थान

कालीगण्डकीबाट निकालिएका देवशिला आज जनकपुरधामबाट अयोध्यातर्फ पठाइएको छ । शालिग्राम पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीबाट निकालेर गलेश्वरधाम परिसरमा लगिएको ती शिला बिहीबार मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजाआजा गरी शनिबार राति जनकपुरधामस्थित जानकारी मन्दिरमा ल्याइएको थियो । कालीगण्डकी नदीबाट ल्याइएको दुई विशाल ‘देवशिला’ लाई जानकी मन्दिरमा आइतबार दिनभर विशेष पूजापाठ र महाआरति गरिएको थियो । ती […]

Continue Reading