झापा–४ मा पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै

सुरुङ्गा (झापा), २४ माघः हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई नदीमा पुल निर्माण थालिएको १४ वर्ष भइसकेको छ तर त्यो अझै पूरा भएको छैन । ‘डिजाइन एण्ड बिल्ड’ ढाँचामा करसहित रु ३४ करोड नौ लाखको लागतमा थालिएको ७२३ मिटर लामो पुलको निर्माण प्रगति भने ५६ प्रतिशत मात्र छ । निर्माण कम्पनीको ढिलासुस्तीबाट […]

Continue Reading

महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ

काठमाडौँ, २४ माघः विश्व सम्पदा सूचीमा सूचीकृत विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीका आराध्यदेव पशुपतिनाथ विराजमान पवित्र पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीस्वरुप सफाइ गरिएको छ । वाग्मती सफाइ महाअभियानको ६६५औँ हप्तामा महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रको सूर्यघाट, आर्यघाट, राममन्दिर क्षेत्रमा सफाइ गरिएको हो । सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी […]

Continue Reading

विचारः देश जोड्दै क्रिकेट

धर्मेन्द्र झा/रासस काठमाडौँ, २४ माघः सन्दर्भ, टि टवेन्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालको तेस्रो पटकको सहभागिता । निश्चय पनि नेपाल र नेपालीका लागि यो सन्दर्भ ठूलो उपलब्धि र महत्वको कुरा हो । भारत र श्रीलङ्कामा हुने विश्वकपका खेलहरुको प्रारम्भ शनिबार भएको छ । कोलम्बोमा पाकिस्तान र नेदरल्याण्डबीच पहिलो खेलसँगै सुरु भएको यस प्रतियोगिताको दोस्रो दिन अर्थात् […]

Continue Reading

नेपालगञ्जमा विद्युतीय ट्याक्सी ‘ई–ड्राइभ नेपाल’को सेवा शुभारम्भ

जानकी (बाँके), २४ माघः लुम्बिनी प्रदेशमै पहिलो अनलाइन माध्यमबाट सञ्चालन हुने ट्याक्सी तथा मोटरसाइकल सेवा ‘ई–ड्राइभ नेपाल’ले आजदेखि नेपालगञ्जमा औपचारिक रूपमा आफ्नो सेवा शुभारम्भ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टले आज उक्त सेवाको शुभारम्भ गर्नुभएको हो । उक्त सेवा आजदेखि बाँके र बर्दियामा सुरु भएको हो । सो अवसरमा नगरप्रमुख बिष्टले भन्नुभयो, “प्रविधिमैत्री […]

Continue Reading

निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री

त्रिशूली (नुवाकोट), २४ माघः गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरिएको बताउनुभएको छ । निर्वाचन सुरक्षा र आचारसंहिता कार्यान्वयनबारे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भयरहित वातावरणमा चुनाव गराउन सुरक्षाको सुदृढ प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । “वर्तमान सरकारको प्रमुख दायित्व चुनाव गराउनु भएकाले हाम्रो ध्यान […]

Continue Reading

हानिकारक सूचना उत्पादन एवं सम्प्रेषण गर्ने १८१ वटा कन्टेन्ट उत्पादक/सम्प्रेषकलाई कारबाही सिफारिस

काठमाडौँ, २३ माघ : निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा हानिकारक सूचना उत्पादन एवं सम्प्रेषण गर्ने १८१ वटा कन्टेन्ट उत्पादक÷सम्प्रेषकलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइवर ब्यूरोमा पठाएको छ । आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा सात वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ बमोजिम कारबाही गर्न […]

Continue Reading

पत्रकारले देश र जनताका पक्षमा निर्भिकताका साथ आफ्नो दायित्व पूरा गर्न अग्रसर रहनु पर्छ : अध्यक्ष बिजुक्छेँ

भक्तपुर, २३ माघ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले पत्रकारले देश र जनताका पक्षमा उभिएर निर्भिकताका साथ आफ्नो दायित्व पूरा गर्न अग्रसर रहनुपर्ने बताउनुभएको छ । आज भक्तपुरमा रफत सञ्चार क्लबको १६औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले भन्नुभयो, “पत्रकारले देश र जनताको पक्षमा बोल्न र लेख्न हिच्किचाउन हँुदैन, देश र जनताको पक्षमा उभिएर निर्भिकताका साथ […]

Continue Reading

भन्सार अधिकृतसहित ३ जना अख्तियारको फन्दामा

काठमाडौं । वैदेशिक हुलाकबाट विदेशमा सामान पठाउने सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार अधिकृतसहित तीन जना कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयअन्तर्गतको वैदेशिक हुलाक भन्सार शाखा (गोश्वारा हुलाक, डिल्लीबजार) मा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपाने, सोही कार्यालयका सहयोगी गणेश प्रसाद पुडासैनी र गोश्वारा हुलाक कार्यालयका नायब सुब्बा […]

Continue Reading

दक्षिण कोरियाले नेपालका लागि मात्र नियम परिवर्तन गर्न मानेन, आन्दोलन नगर्न मन्त्रालयको आग्रह

काठमाडौं । दक्षिण कोरिया जाने प्रतीक्षामा रहेका ईपीएस (EPS) पासरहरूले रोस्टर अवधि थप लगायतका माग राख्दै आन्दोलन गरिरहँदा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियाली पक्षको जवाफ सार्वजनिक गरेको छ। मन्त्रालयले दक्षिण कोरियाको मानव संसाधन विकास केन्द्र (HRD Korea) ले नेपालका लागि मात्र छुट्टै नियम बनाउन नसकिने स्पष्ट पारेको जानकारी दिएको हो। मन्त्रालयले आज एक […]

Continue Reading

निर्वाचन आचारसंहिता कार्यान्वयनमा भोजपुरका सबैपक्ष प्रतिबद्ध

भोजपुर, १७ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गराउन भोजपुरमा निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । उम्मेदवार तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले निर्वाचन आयोगबाट जारी आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत […]

Continue Reading