आयरल्याण्ड ‘ए’विरुद्धको शृङ्खला नेपालले जित्यो

काठमाडौ १३ चैत : आयरल्याण्ड‘ए’विरुद्धको दोस्रो टी–२० खेलमा नेपाल विजयी भएको छ । आयरल्याण्ड‘ए’लाई ७१ रनले पराजित गर्दै नेपालले उक्त शृङ्खलाको उपाधि जितेको हो । यसअघि पहिलो खेलमा पनि नेपालले आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपालले आयरल्याण्डलाई जितको लागि एक सय ९९ रनको लक्ष्य दिएको थियो । जवाफमा आयरल्याण्डको पारी १८ […]

Continue Reading

राष्ट्रपति रनिङ शिल्डमा विजेता विद्यार्थी पुरस्कृत

भरतपुर (चितवन), ९ माघ : जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेता विद्यार्थीलाई भरतपुर महानगरपालिकाले पुरस्कार वितरण गरेको छ । विजेता ८३ विद्यार्थीलाई महानगर प्रमुख रेनु दाहालले आज एक कार्यक्रमका बीच पुरस्कार वितरण गर्नुभएको हो । गत पुस २७ र २८ गते सञ्चालन भएको प्रतियोगितमा भरतपुरले ५० पदक हात पार्दै प्रथम स्थान हासिल गरेको थियो । […]

Continue Reading

तेस्रो ऋषिङ अल्ट्रा म्याराथनको उपाधि आर्मीलाई

तनहुँ, २७ पुस : ऋषिङ गाउँपालिकाद्वारा शुक्रबार आयोजित तेस्रो ऋषिङ खुला अल्ट्रा म्याराथनको उपाधि गोविन्द कार्कीले प्राप्त गरेका छन् । धारुङभञ्ज्याङबाट दुबुङकोट भ्यूटावरसम्मको ४३ किलोमिटर दूरी तीन घण्टा छ मिनेट ३३ सेकेण्डमा पार गर्दै उनले प्रथम उपाधि हासिल गरेका हुन् । त्रिभुवन आर्मी क्लबमा कार्यरत कार्कीले ३२ जना धावकलाई पछि पार्दै उक्त उपाधि चुमेका हुन् […]

Continue Reading

सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न सक्दैन : मन्त्री लिम्बू

काठमाडौँ / युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न नसक्ने बताउनुभएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को १५औँ साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रमा मन्त्री लिम्बुले खेलकुद क्षेत्रको विकासमा सबै क्षेत्रको उत्तिकै योगदान आवश्यक रहेको बताउनुभयो । “नेपालको खेलकुद क्षेत्रको विकासका लागि निजी क्षेत्र, सरोकारवाला र सरकार एकजुट हुन आवश्यक […]

Continue Reading

सातौँ पाङ्मा कप फुटबलको उपाधि एड्भान्स क्लबले जित्यो

किमाथाङ्का (सङ्खुवासभा), ११ पुस : सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ पाङ्मामा जारी सातौँ पाङ्मा कप फुटबल प्रतियोगिताको उपाधि एड्भान्स क्लब मानेभञ्ज्याङले जितेको छ । ‘राष्ट्रको लागि खेलकुद’ भन्ने नारासहित किराँतको महान् पर्व उधौली तथा धान्यपूर्णिमाको अवसरमा खाँदबारी नगरपालिका–४ पाङ्मास्थित भगीवन्त रङ्गशालामा सातौँ पाङ्मा कप फुटबल प्रतियोगिता पुस ७ गतेदेखि सुरु भएको थियो । लोहोरुङ क्लब पाङ्माको आयोजनमा […]

Continue Reading

राष्ट्रिय खुल्ला तेक्वान्दोको उपाधि आर्मीले जित्यो

भरतपुर, ९ पुस : कालिका नगर तेक्वान्दो डोजाङको आयोजनामा भएको तेस्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधि नेपाल आर्मीले जितेको छ । चितवनको भरतपुर कभर्ड हलमा आज सम्पन्न प्रतियोगितामा आर्मी प्रथम भएको हो । दश स्वर्ण, चार रजत र चार कास्यसहित १८ वटा पदक जितेर आर्मी प्रतियोगिताको विजेता बनेको छ । आर्मीले नगद रु एक […]

Continue Reading

क्रिकेट च्याम्पियनशिप टि–ट्वान्टी प्रतियोगितामा आर्मी र भारतको नोइडा विजयी

वीरगञ्ज (पर्सा), ९ पुस : पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनशिप टी–ट्वान्टी प्रतियोगितामा आज नेपाल आर्मी क्लब र भारतको वान्डर्स क्लब नोइडा विजयी भएको छ । वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल एपिएफ क्लबलाई आठ बिकेटले स्तब्ध पार्दै भारतको नोइडा क्लबले पहिलो जित निकाल्दा आर्मीले भारतको उत्तर […]

Continue Reading

खेलाडी र खेल सङ्घको वर्गीकरण गर्दैछौँ’

अन्नपूर्ण (कास्की) १० पुस : नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलाडी र खेल सङ्घको वर्गीकरणको तयारी गरिरहेको बताउनुभएको छ । पोखरा रङ्शालामा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लिम्बूले सरकारले खेलाडी र खेल सङ्घको वर्गीकरण गरेर सेवा सुविधा दिने बताउनुभएको हो । “अन्तर्राष्ट्रियस्तरमा खेल्ने खेलाडीको वर्गीकरण गरेर तलब भत्ताको सुविधा दिने गरी काम भइरहेको […]

Continue Reading

सितोरियो कराते दिक्षान्त सुरु

भरतपुर (चितवन) २ पुस : बागमती प्रदेशस्तरीय सितोरियो कराते दिक्षान्त समारोह भरतपुरमा सुरु भएको छ । नेपाल सितोरियो कराते सङ्घको आयोजना र नेपाल सितोरियो कराते सङ्घ बागमती प्रदेशको व्यवस्थापनमा भरतपुरको कभर्ड हलमा आजदेखि कार्यक्रम सुरु भएको हो । समारोह तीन दिनसम्म चल्नेछ । बागमती प्रदेशका पर्यटन उद्योग तथा सहकारीमन्त्री पुकार महर्जनले समारोहको उद्घाटन गर्नुभयो । […]

Continue Reading

प्रथम नुवाकोट खेलकुद तथा सास्कृतिक महोत्सव सम्पन्न

काठमाडौं । प्रथम नुवाकोट खेलकुद तथा बृहत सास्कृतिक महोत्सव २०८० शनिबार सम्पन्न भएको छ । महोत्सवमा खेलकुदतर्फ एथलेटिक्समा ५कि मि सडक दौड र अन्य खेलहरुको आयोजना गरिएको थियो । क्षेत्रपाल मा बि लिखुमा आयोजित १०० मि. तथा ४०० मि दौड र लङ्ग जम्प, सट पुट र ज्याभलिङ्ग थ्रो खेलहरु सञ्चालन गरिएका थिए । जसमा लिखु […]

Continue Reading