“युनिभर्सल अन्तर्राष्ट्रिय करातेमा,नक्साल डोजो टिम च्याम्पियन”

खेलकुद प्रमुख समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाण्डौ,पुष-११ शुक्रवार,
राष्ट्रिय खेलकुद परिषदको स्वीकृती तथा नेपाल कराते महासंघको तत्वाधानमा नेपाल सितोरियो कराते संघ शाखा डोजो नक्सालको २६ ओै वार्षिकोत्सवको अवसरमा आयोजित प्रथम युनिभर्सल अन्तर्राष्ट्रिय कराते प्रतियोगिता ( २०२५ डिसेम्वर १८ देखि २२ तारिख ) पुष ४-६ गतेसम्म सन्चालन भई एक बिशेष समारोहका बीच सम्पन्न भएकोछ ।

प्रतियोगितामा नेपाल सहित भारत,कतार र बंगलादेश खेलाडी,रेफ्री अफिशियल पदाधिकारी सहित करिव १ हजार जना सहभागी भएको थियो । उक्त प्रतियोगितामा नेपालको तर्फबाट सहभागी मध्ये सर्वाधिक पदक जित्दै नक्साल डोजो टिम प्रथम,कतार टीम दोस्रो,वंगलादेश टिम तेस्रो र भारत टिम चौथो हुन सफल भयो । नक्साल डोजोले ६ स्वर्ण पदक सहित टिम च्याम्पियन भएको हो ।

प्रतियोगितामा धादिङगको रुवीभ्याली उत्कृष्ठ अनुशासित टिम घोषित भए भने, सिफल डोजोले बेष्ट मार्चपासको उपाधी हात गरे ।
पुष ४ देखि संचालन भएको उक्त प्रतियोगिताका बिजेता खेलाडी तथा सम्मानित ब्यक्तीत्वहरुलाई समापन समारोहका प्रमुख अतिथि नेपाल ओम्पिक कमिटिका उपाध्यक्ष दावा गुरुङग,विशेष अतिथि युनिभर्सल मार्शल आर्टस फेडेरेशनका अध्यक्ष मिर्जा ग्रान्जफर अलिवेग,
वंगलादेशका मो.मोनिरुजमान मोनिर,राना चौधरी,भारतका अमे लस्करी,नेपाल कराते महासंघका सदस्य निवाश गोपाल वैध,कार्यक्रम संयोजक गजेन्द्र वहादुर खपाङगी’ईश्वर’ नेपाल कराते महासंघका पदाधिकारी लगायतले एक समारोह विच पुरस्कृत गर्नुभयो ।

यस अघि कार्यक्रमको राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य-सचिव प्रमुख अतिथि युवराज लामा,युनिभर्सल मार्शल आर्टस फेडेरेशनका अध्यक्ष मिर्जा ग्रान्जफर अलिवेग,नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष दावा गुरुङ,वंगलादेशका मो.मोनिरुजमान मोनिरले संयुक्त रुपमा पानसमा द्धिप प्रज्वलन गरि उदघाटन गर्नुभएको थियो ।

विगत २६ वर्षदेखि निरन्तर रुपमा बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुको सफल आयोजना गर्दै आईरहेको नक्साल डोजोको यो समग्रमा २६ ओै प्रतियोगिता हो । नेपाली कराते खेलको बिकाश,बिस्तार र समृद्धी को बाटोमा निरन्तर संलग्न नक्साल डोजोले दैनिक सयौं खेलाडीहरुलाई प्रशिक्षण दिँदै दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरि हजारौं खेलाडी उत्पादन गर्दै देशका लागि निरन्तर योगदान पुरयाइरहेको छ । प्रतियोगिता कराते एकेडेमी सातदोवाटोमा निरन्तर ३ दिन सन्चालन भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *