वित्त आयोग र गाउँपालिकाका जनप्रतिनिधिबीच अन्तरक्रिया

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारी र हेलम्बु गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीबीच अन्तरक्रिया सम्पन्न भएको छ । आयोग र गाउँपालिकाबीचको सम्बन्ध, दीर्घकालीन योजनालगायत विषयमा अन्तरक्रिया भएको हो । कार्यक्रममा वित्त आयोगको काम, कर्तव्य र अधिकारका साथै छलफलका क्रममा उठेका जिज्ञासाको आयोगका अध्यक्ष बालानन्द पौडेल र सदस्य जुद्धबहादुर गुरुङले जानकारी गराउनुभएको थियो । कार्यक्रममा आयोगका अध्यक्ष […]

Continue Reading

सम्झौता भएको तीन वर्षपछि पुल निर्माण थालियो

उदयपुर १८ पुस: जिल्लाको चौदण्डीगढी नगरपालिका–१ र खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका– ५ सुनकोशी नदीको वंशिलाघाटमा पक्की पुल निर्माण थालिएको छ । निर्माण कम्पनी कालिका वेदान्सीसँग सम्झौता भएको तीन वर्षपछि काम प्रारम्भ भएको हो । एक सय ५० पचास मिटर लामो र ११ मिटर चौडा उक्त पुल निर्माण थालिएकामा खुशी व्यक्त गर्दै चौदण्डीगढी नगरपालिकाका प्रमुख कालु […]

Continue Reading

कर्णालीमा ‘पशु कल्याणसम्बन्धी मापदण्ड–२०८०’ जारी

कर्णाली, १४ पुस : कर्णाली प्रदेश सरकारले ‘पशु कल्याणसम्बन्धी मापदण्ड–२०८०’ जारी गरेको छ । यही पुस ४ गते भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उक्त मापदण्ड जारी गरेको हो । व्यक्तिगतरुपमा गाई भैँसीपालन गर्ने फार्महरुले असल उत्पादन अभ्यास अवलम्बन गरी गाईभैँसीप्रति हुने निर्दयी व्यवहारमा रोकावटका लागि पशुको उचित व्यवस्थापन, विकास र गुणस्तर कायम गर्दै पशु […]

Continue Reading

स्थानीय उत्पादन प्रव्रर्द्धनका लागि स्थानीय निकायबीच सहकार्य गरिने

ललितपुर/उपत्यकास्तरीय उपप्रमुख सञ्जालले स्थानीय उत्पादनको प्रवर्द्धनमा स्थानीय निकायबीच सहकार्य गर्ने निर्णय गरेको छ । सञ्जालको महाङ्काल गाउँपालिकामा आज बसेको छटठौँ बैठकले स्थानीय निकायबीचको औचित्यता कायम गरी सुमधुर सम्बन्ध स्थापित गर्न स्थानीय उत्पादनको उपभोग, प्रवर्द्धन र बजारीकरणमा काठमाडौँ उपत्यकाभित्रका सबै पालिकाले सहकार्य समन्वयन गर्ने निर्णय गरेको हो । त्यस्तै, बैठकले स्थानीय उत्पादनको सम्भाव्यता बजार र आवश्यकताअनुसारको […]

Continue Reading

‘राजनीतिक क्रान्ति पूरा भएपछि मात्रै आर्थिक क्रान्ति’

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आर्थिक समृद्धिमार्फत उन्नतीको शिखरमा पुगेका देशहरू राजनीतिक क्रान्ति सम्पन्न गरेर मात्रै आर्थिक क्रान्तितर्फ अघि बढेको बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालयले आज आयोजना अन्तरक्रियामा डा भट्टराईले नेपालमा राजनीतिक क्रान्ति सही दिशामा अघि बढ्न नसकेकाले आर्थिक विकासका मुद्दा ओझेलमा परेको बताउनुभयो । नयाँ पुस्ताका युवाले सामाजिक सञ्जालमा राजनीतिककर्मी र पार्टीका नेतालाई गाली […]

Continue Reading

ठमेलमा ‘सडक महोत्सव’ गरिने

काठमाडौँ/अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ लाई स्वागत गर्नका लागि राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा ‘सडक महोत्सव’ गरिने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा कोभिडबाट थला परेको ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि आगामी पुस १५ गते साँझ ठमेलमा ‘सडक महोत्सव’ हुन लागेको हो । परिषद्ले आज आयोजना गरेको पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष भविश्वर शर्माले […]

Continue Reading

मध्यपुरथिमिका टोलटोलमा नवदुर्गा पूजा

भक्तपुर, ११ पुस : मध्यपुरथिमिका टोलटोलमा नवदुर्गा पूजा सुरु भएको छ । साताव्यापी नवदुर्गा नाच तथा पूजामा मध्यपुरवासीले आज भव्यरुपमा नवदुर्गाको पूजा गरेका छन् भने नवदुर्गा देवगणले टोलटोलमा नवदुर्गा नाच प्रदर्शन गरेका छन् । मध्यपुरथिमिको दिगुटोलबाट सुरु भएको नवदुर्गा नाच आज चपाचोमा प्यमा द्यो नाच, १२ गते भुँलाखेलमा प्यमा द्यो नाच र खाँ प्याखँ नाच, […]

Continue Reading

सहकारी अपचलन मुद्दामा १९ जना दोषी ठहर

खजुरा (बाँके), ११ पुस : बाँकेको पुरानो सहकारीका रुपमा रहेको ‘सहकारी वित्तीय संस्था लिमिटेड’को घोटाला (रकम अपचलन) मुद्दामा १९ जना दोषी ठहर भएका छन् । जिल्ला अदालत बाँकेले आज फैसला सुनाउँदै सहकारीको रकम अपचलन मुद्दामा १९ जनालाई दोषी ठहर गरेको हो । जिल्ला अदालत बाँकेका न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले २१ जनालाई सफाइ दिँदै १९ […]

Continue Reading

चिउरी र चमेरो संरक्षण गर्दै बागमती प्रदेश

भरतपुर (चितवन), ११ पुस : चेपाङ समुदायको उत्थानका लागि बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले कार्यविधि तयार गर्न लागेको छ । प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङका छ पालिकामा यो कार्यक्रम लागू गर्ने तयारी गरेको छ । चेपाङ समुदायको बसोबास रहेको चितवनको राप्ती र कालिका […]

Continue Reading

राजनीतिसँगै व्यावसायिक माछापालनमा रमाउँदै गुरुङ

गोरखा, ११ पुस : उत्तरी गोरखाको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको सक्रियता राजनीतिकसँगै कृषि पेसामा पनि उत्तिकै छ । गत स्थानीय तहको निर्वाचनमा विजयी भएपछि उहाँको कृषि पेसाको लगाव घटेको छैन । धार्चे गाउँपालिका–३ स्थित खोर्लाबेँसीमा रहेकोे ‘धार्चे रेन्वे ट्राउट एण्ड अग्र्यानिक होम’ सञ्चालन गर्दै आउनुभएका अध्यक्ष गुरुङले दिनहुँ पालिकाको सम्पूर्ण जिम्मेवारी पूरा गरेर बाँकी […]

Continue Reading