विद्युतीय गाडी वृद्धिसँगै चार्जिङ स्टेसन कम, भाडादर महङ्गो

ललितपुर (गोदावरी), २ कात्तिकः नेपालमा विद्युतीय सवारी साधनको प्रयोग वृद्धि भएसँगै ‘चार्जिङ स्टेसन’ कम हुँदा समस्या झेल्नुपरेको गुनासो सम्बद्ध सवारीसाधन धनी तथा चालकले गरेका छन् ।सवारी साधनको चाप हुने प्रमुख सडकमार्ग आसपासमा प्रयाप्त ‘चार्जिङ स्टेसन’ नहुँदा अनेकौँ समस्या व्यहोर्नुपरेको धारणा सर्वसाधारण यात्रुसहित यायातात व्यवसायीले व्यक्त गर्नुभएको छ । यसै सन्दर्भमा हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे सडक […]

Continue Reading

उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय तय

काठमाडौँ, १ कात्तिक : निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको छ । उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने आयोगका प्रवक्ता नारायणप्रसाद सापकोेटाले जानकारी […]

Continue Reading

नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी

काठमाडौँ, २८ असोजः आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउनेक्रम आज पनि निरन्तर चलिरहन्छ । मान्यजनबाट टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्दछन् । […]

Continue Reading

हुलाकी राजमार्गअन्तर्गत कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा समस्या

राजविराज (सप्तरी), २८ असोजः हुलाकी राजमार्गअन्तर्गत राजविराज–कञ्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ बनौलीस्थित कालिया खोलामा निर्माणाधीन पुल अलपत्र अवस्थामा छ । जसले गर्दा आवतजावतमा निकै समस्या भइरहेको छ । लामा बागमती निर्माण सेवाले विसं २०७१ मा निर्माण सुरु गरे पनि काम सुस्त हुँदा स्थानीयलाई समस्या भएको छ । पुल नबन्दा खोला तरेर दैनिक सयौँ सवारीसाधन […]

Continue Reading

मिथिलाको लोकनृत्य झिझिया महोत्सव मनाइने

जनकपुर, २१ असोज : वडा दसैँको अवसरमा जनकपुरधाममा आयोजना गरिने झिझिया महोत्सव यसवर्ष पनि हुने भएको छ । आज यहाँ नव मिथिला फाउण्डेशनले पत्रकार सम्मेलन गरी बुधबार झिझिया महोत्सव मनाइने जानकारी दिएको हो । मिथिलाको लोक संस्कृति, लोक गायन र धार्मिक परम्परा संरक्षण गर्ने उद्देश्यले आयोजना गरिने झिझिया महोत्सवलाई फाउण्डेशनले दोस्रो वर्ष पनि निरन्तरता दिन […]

Continue Reading

‘खाने प्रक्रिया र विधि जानकारी नहुँदा धेरै बालबालिकामा कुपोषण’

महेन्द्रनगर (धनुषा), २१ असोज : मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले पर्याप्त मात्रामा खाद्यान्न भए पनि खाने प्रक्रिया तथा विधिका विषयमा जानकारी नहुँदा धेरै बालबालिकामा कुपोषण देखिएको बताउनुभएको छ । उहाँले बालबालिकामा पुड्कोपन, ख्याउटेपन, रक्तअल्पता तथा कम तौलको शिशु जन्मिने समस्या यथावत् रहनु चिन्ताको विषय भएको बताउनुभयो । मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयले आज जनकपुरधाममा […]

Continue Reading

विपद्मा परी २०९ जनाको मृत्यु, २९ जना अझै बेपत्ता

काठमाडौँ, १४ असोज : यही असोज १० गतेदेखि १२ गतेसम्म देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या २०९ जना पुगेको छ । गृहमन्त्रालयका प्रवक्ता, सहसचिव ऋषिराम तिवारीले अन्य २९ जना बेपत्ता र एक सय ४२ जना घाइते भएका जानकारी दिनुभयो । मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको […]

Continue Reading

प्रदेश सरकारले विपद् प्रभावितको निःशुल्क उपचार गर्ने

बागमती, १४ असोज : बाढीपहिरो लगायतका विपद् प्रभावितको बागमती प्रदेश सरकारले निःशुल्क उपचार गर्नेभएको छ । बागमती प्रदेश सरकारको प्रदेशस्तरीय विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले विपद् प्रभावित नागरिकहरुको निःशुल्क उपचारको व्यवस्था प्रदेश स्वास्थ्य मन्त्रालयले गर्ने निर्णय गरेको हो । बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत प्रदेशको १३ वटै जिल्लाको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिलाई रकम पठाउने […]

Continue Reading

मुख्यमन्त्री लामाद्वारा भक्तपुर अस्पताल अनुगमन

भक्तपुर, १४ असोज : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले जस्तोसुकै विपद्मा पनि सहज उपचार सेवा उपलब्ध गराउने गरी तयारी अवस्थामा रहन भक्तपुर अस्पताललाई निर्देशन दिनुभएको छ । आज भक्तपुर अस्पतालको मुख्यमन्त्री लामा, बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, प्रदेशका उद्योगमन्त्री सुकुमाया तामाङ्ग, प्रदेशसभा सदस्य सुरेश श्रेष्ठलगायतको टोलीले भक्तपुर अस्पतालको स्थलगत निरिक्षण गर्दै यस्तो निर्देशन दिनुभएको हो […]

Continue Reading

सोलुखुम्बुमा पहिरोले घर बगाउँदा पाँच जनाको मृत्यु

सोलुखुम्बु, १२ असोज : सोलुखुम्बुमा पहिरोले दुईवटा घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–९ र १० मा छुट्टाछुट्टै स्थानमा पहिरोमा परेर उनीहरुको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार मृत्यु हुनेमा सोलुदुधकुण्ड–९ स्थित माइतीघर आएकी सोलुदूधकुण्ड–२ की २३ वर्षीया ल्हामु शेर्पा, उनका सात महिनाका छोरा फुर्वा […]

Continue Reading