२०८३ असोज १६, शुक्रबार पूर्वाह्न ०५:२२:५३

लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

सात प्रमुख प्रशासकीय अधिकृतसहित १४ शाखा अधिकृतको सरुवा

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत १४ जना शाखा अधिकृतको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। सरुवा तथा कामकाजमा खटाइएकामध्ये सात जनालाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। Prasashan
मन्त्रालयले असोज १४ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग, स्थानीय तह तथा सरकारी कार्यालयमा कार्यरत शाखा अधिकृतलाई नयाँ जिम्मेवारीमा खटाएको हो। मन्त्रालयले सार्वजनिक गरेको विवरणमा कतिपय कर्मचारीलाई हाल कार्यरत निकायबाट अर्को मन्त्रालय वा कार्यालयमा सरुवा गरिएको छ भने कतिपयलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाज गर्न पठाइएको छ। Prasashan
सरुवा सूचीअनुसार रक्षा मन्त्रालयमा कार्यरत राम नारायण साहलाई सुनसरीको हरिनगर गाउँपालिकामा, गृह मन्त्रालयमा कार्यरत रेखबहादुर थापालाई कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ। त्यस्तै विभिन्न स्थानीय तह, मन्त्रालय तथा कार्यालयमा कार्यरत अन्य शाखा अधिकृतलाई समेत नयाँ जिम्मेवारी दिइएको मन्त्रालयको विवरणमा उल्लेख छ। Prasashan
सरुवा तथा कामकाजमा खटाइएका कर्मचारी नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्राङ्कित तृतीय श्रेणीका शाखा अधिकृत हुन्। मन्त्रालयले कर्मचारी व्यवस्थापन तथा स्थानीय तहमा आवश्यक प्रशासनिक जनशक्ति व्यवस्थापनका क्रममा सरुवा गरेको जनाएको छ।
मन्त्रालयले सार्वजनिक गरेको १४ जनाको विस्तृत सरुवा सूची यस्तो छ :

 

आफ्नो टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *