२०८३ भदौ ९, बुधबार पूर्वाह्न १०:१२:१५

लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

चुनौती बन्दै लागुऔषध दुर्व्यसन नियन्त्रण

भारतीय सीमासित जोडिएका कञ्चनपुरमा पछिल्ला वर्षमा लागुऔषध दुर्व्यसन यहाँको मुख्य चुनौतीका रुपमा देखा पर्दै गएको छ । खुला सीमानाका कारण भारतबाट विभिन्न किसिमका लागुऔषध भित्र्याउने र बिक्रीवितरण गर्न नेपालीदेखि भारतीयसमेत संलग्न छन् । कञ्चनपुरमा पछिल्लो समय सबैभन्दा बढी लागुऔषध दुर्व्यसनमा मुद्दा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बितेको एक वर्षमा मात्रै नेपाली र भारतीय गरेर २३४ लाई लागुऔषधसम्बन्धी मुद्दा चलाएको छ । जुन हालसम्मकै बढी सङ्ख्या हो । खासगरी युवापुस्ता खैरोहिरोइन नाम लागुऔषध भारतबाट ल्याउने सेवन गर्ने र यहाँबाट अन्यत्रसमेत पैठारी गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

लागुऔषध दुर्व्यसन जिल्लाको मुख्य चुनौती रहेको बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले यसको न्यूनीकरणका लागि प्रहरी सक्रिय रहेको बताउनुभयो । “हामीसत भएका साधनस्रोत परिचालन गरेर जिल्ला प्रहरी प्रहरी तैनाथ छ ।” नागरिक सचेतना र विद्यालयमा समेत लागुऔषधसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्न प्रहरी सक्रिय छ ।” लागुऔषध मुद्दामा पक्राउ पर्नेमा १३ जना भारतीय नागरिकसहित २१४ पुरुष र सात जना नेपाली महिला समेत छन् । प्रहरीका अनुसार लागुऔषध ओसारपसारमा भारतीय नागरिकको सहजीकरण भएकाले पनि थप समस्या हुने गरेको छ ।

लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि अभिभावकको पनि मुख्य भूमिका रहनुपर्ने प्रहरीको भनाइ छ । यहाँ हरेक दिन लागुऔषधसहित युवक पक्राउ परिरहेका छन् । कञ्चनपुरमा दोधारा चाँदनी, बेलौरी, बेल्डाडी र पुनर्वास क्षेत्रमा सीमानाकाबाट बढी मात्रामा लागुऔषधको अवैध कारोबार हुने गरेको छ ।

महेन्द्रनगरमा दशकौँदेखि धुम्रपान निषेधको अभियन्ताका रुपमा सक्रिय मदन चन्दले युवा लागुऔषधको लत मा हुँदा नै समाजमा विभिन्न प्रकारका आपराधिक घटना हुने गरेको बताउनुभयो । “प्रहरीले मात्रै लागुऔषध नियन्त्रणमा सक्रिय भएर मात्रै पुग्दैन्”, उहाँले भन्नुभयो, “अभिभावक सजक नभएसम्म सबैकुरा हुन सक्दैन ।” लागुऔषध रोकथामका लागि स्थानीय तहहा पनि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । “पालिकाहरूसित लागुऔषध रोकथामका लागि जनप्रतिनिधिलाई ज्ञापन समेत दिएका छौँ ।” उहाँले भन्नुभयो, “यसमा राजनीतिक दलदेखि विद्यार्थीसम्मको सहयोग चाहिन्छ ।”

आफ्नो टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *