२०८३ भदौ ९, बुधबार पूर्वाह्न ०८:१३:०९

लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

बार्सिलोनाको १४ वर्ष यताकै कम अंक

स्पेनिस ला लिगामा बार्सिलोनाले हारबाट लिग अन्त्य गरेको छ। आइतबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदानमा भिल्लारियलसँग २-० गोलले पराजित भयो। भिल्लारियलका पेड्राजाले ४१ मिनेट र बार्डोनाडोले ५५ मिनेटमा गोल गरे। लिगमा दोस्रो बनेको बार्सिलोनाले ७३ अंक जोड्यो। यसअघि नै लिग जितेको शीर्ष स्थानको रियल म्याड्रिडले ८६ अंक बटुल्यो।

अन्तिम खेलमा पराजित भएको बार्सिलोनाले ला लिगामा १४ वर्षपछि कम अंक जोडेको हो। सन् २००७-०८ को सिजनमा बार्सिलोना तेस्रो भएको थियो। त्यतिबेला उसले ६७ अंक मात्र जोड्न सफल भएको थियो। यता अन्तिम खेलमा रियल सोसिडाडलाई २-१ ले हराएको एट्लेटिको म्याड्रिड भने तेस्रो भयो। उसले ७१ अंक जोड्दा चौथो भएको सेभियाले ७० अंक बटुल्यो।

आफ्नो टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *