२०८३ भदौ ९, बुधबार पूर्वाह्न ०८:१२:४२

लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

युक्रेन युद्ध: किएभले भूभाग त्यागेर रुससँग युद्धविराम सम्झौता नगर्ने

युक्रेनले भूभाग त्यागेर रुससँग कुनै युद्धविराम सम्झौता नगर्ने जनाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सीले जारी युद्ध कूटनीतिबाट मात्र सुल्झाउन सकिने अभिव्यक्ति दिएको एक दिनपछि युक्रेनले स्पष्ट रूपमा आफ्नो कडा अडान प्रस्तुत गरेको हो।

राष्ट्रपतिका एकजना सल्लाहकारले युक्रेनको भूभाग छोड्न पर्ने गरी युद्धविराम गर्ने प्रयासले अझ ठूलो र रक्तपातपूर्ण रुसी हस्तक्षेप ल्याउने बताएका छन्। युक्रेनी फौजको प्रतिरोधकाबीच रुसले पूर्वी युक्रेनमा रहेको सेभरोडोनेस्क घेर्ने प्रयास गरिरहँदा युक्रेनको भनाइ आएको हो।

पोल्यान्डका राष्ट्रपति आन्द्रे डुडा किएभको संसद्मा उभिएर सम्बोधन गर्ने पहिलो विदेशी नेता बनेका छन्। उनले युक्रेनी जनता स्वयंले मात्र आफ्नो भविष्य निर्धारण गर्नसक्ने बताउँदा युक्रेनी सांसदहरूले उठेर समर्थन जनाएका थिए। उनले युरोपेली सङ्घ ईयूमा युक्रेन आबद्ध हुनका लागि पोल्यान्डले सबैखाले सहयोग गर्ने बताएका छन्।

यद्यपि फ्रान्सका युरोप मामिला मन्त्रीले आइतवार एक रेडियो अन्तर्वार्ताका क्रममा युक्रेनलाई ईयूमा सदस्यका रूपमा स्वीकार्न सम्भवत: “१५ वा २० वर्ष” लाग्ने बताएका छन्।

पूर्वी क्षेत्रमा लडाइँ
लडाइँ जारी रहँदा युक्रेनी सशस्त्र बलका एकजना जेनरलले रुसी फौजहरूले देशको पूर्वी भागको लुहान्स्क क्षेत्रको प्रशासनिक सीमासम्म पुग्ने गरी युक्रेनी अवरोधहरू तोड्ने प्रयास गरिरहेको बताएका छन्। लुहान्स्क क्षेत्रका गभर्नरका अनुसार रुसले चार दिशाबाट सेभरोडोनेस्कको प्रतिरोध तोड्न खोजेको आरोप लगाएका छन्।

सन्देश आदानप्रदान एप टेलिग्राममा उनले त्यस्ता प्रयासहरू असफल भएको तर आवासीय क्षेत्रमा बम आक्रमण जारी रहेको बताए। यी दाबीहरू स्वतन्त्र रुपमा पुष्टि गर्न सम्भव छैन।

आफ्नो टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *