वैशाखी पर्वको तयारीमा जुटे सिख समुदाय

समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

बाँकेका सिख समुदाय ३२३औँ खाल्सा साजना दिवस एवं वैशाखी पर्वको तयारीमा जुटेका छन् । विगतका वर्षमा कोरोना महामारीका कारण प्रभावित बनेको वैशाखी पर्व यो वर्ष धुमधामका साथ मनाउने तयारी भइरहेको नेपालगञ्जको गुरुद्वारा गुरु नानकसिंह सभाका प्रधान राजेन्द्रसिंह सरदारले बताउनुभयो ।

उहाँका अनुसार वैशाखी पर्वका अवसरमा वैशाख २ गते भण्डारासहित प्रवचन र ३ गते नेपालगञ्जमा शोभायात्रा निकाल्नुका साथै मार्सल आर्ट देखाइने छ । “वैशाखी पर्व भनेको स्थापना दिवस हो । यसलाई हामीले भव्यताका साथ मनाउने गरेका छौँ । यसवर्ष पनि मनाउँछौँ”, सभाका प्रधान सरदारले भन्नुभयो ।

बाँकेमा करिब सात हजार आसपासमा सिख छन् । बाँकेको डुडुवा गाउँपालिका–६ सिख्खनपूर्वा, नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाह र जानकी गाउँपालिकाको वडा नं २ वनकटवामा सिख समुदाय छरिएर रहेका छन् । नेपालमा २५ हजारभन्दा बढी सिख छन् ।

आफ्नो धर्म र रीतिरिवाजका बारेमा जानकारी दिन पर्व मनाउने गरिएको गुरुद्वारागुरु नानकसिंह सभाका प्रधान सरदारले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *