२०८३ मंसिर २, मंगलबार पूर्वाह्न ०६:०९:३३

लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

सभामुख अर्यालद्वारा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ, ३० कात्तिकः सभामुख डोलप्रसाद (डिपी) अर्याल वीरगञ्जस्थित सहिद स्मारकमा मधेस आन्दोलनका क्रममा आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

उहाँले सहिदहरूको त्याग, बलिदान र योगदानको स्मरण गर्दै सहिदहरूले देखेका समानता, सामाजिक न्याय, अधिकार र सम्मानसहितको समाज निर्माणको सङ्कल्पलाई आत्मसात् गर्नुपर्ने बताउनुभयो ।

आज बिहान सभामुख अर्याल छठ पर्वको अन्तिम दिन कलैयास्थित रामजानकी छठघाटमा पुगेर उदाउँदो सूर्यलाई अघ्र्य अर्पण तथा छठी माताको पूजा–आराधनामा सहभागी पनि हुनुभएको उहाँको सचिवालयले जनाएको छ ।

आफ्नो टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *