२०८३ भदौ ९, बुधबार पूर्वाह्न ०८:१२:५१

लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

मन्त्रालयका काम परिणामुखी बनाउन सञ्चार सचिवको निर्देशन

काठमाडौँ, ७ माघ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले सबैको साथ सहयोग र समन्वयमा मन्त्रालयका कामलाई परिणाममुखी बनाइने बताउनुभएको छ ।

आज मन्त्रालयमा पदवहालीका क्रममा उहाँले सेवा प्रवाहलाई नागरिकमैत्री, चुस्त र प्रभावकारी बनाउन जिम्मेवारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।

“यो मन्त्रालय मेरा लागि नितान्त नयाँ हो, प्रशासनिक धेरै अनुभव हाशिल गरेँ”, उहाँले भन्नुभयो, “परिणाममुखी नतिजा दिन सबै जिम्मेवार भएर लाग्नुपर्छ ।” यसअघि उहाँ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

आफ्नो टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *