२०८३ भदौ ९, बुधबार पूर्वाह्न ०९:१६:३१

लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

राष्ट्रिय अपाङ् महासङ्घ कर्णाली प्रदेश अध्यक्षमा धिताल

कर्णाली, १ माघः राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कर्णाली प्रदेश अध्यक्षमा नन्दराज धिताल निर्विरोध निर्वाचित हुनुभएको छ । आज सम्पन्न कर्णाली प्रदेशको छैठौँं साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्ष धितालसहित १७ सदस्यीय प्रदेश कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा सोमना खड्का, सचिवमा राजबहादुर बुढा, सहसचिवमा रत्ना राना र कोषाध्यक्षमा नन्दप्रसाद चौलागाईं निर्वाचित हुनुभएको नवनिर्वाचित अध्यक्ष धितालले जानकारी दिनुभयो ।

त्यस्तै, दुई मनोनितसहित सदस्यहरुमा झुपी राउत, रेनुका जैशी, सीता सिग्देल, जानकी पुन मगर, झक्कप्रसाद पोखरेल, काली शाही, योगेन्द्र शाही, धर्मदत्त फडेरा, सत्यनारायण योगी, सङ्गीता बराल मगर, उत्तम विक, चन्द्रा गुरुङ, मनराज कठायत र कृष्णबहादुर बुढा निर्वाचित भएको उहाँले बताउनुभयो ।

आफ्नो टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *