काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

प्रमुख समाचार राजनीति
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौँ, ३० पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट चुनावी अभियान सुरु गर्दैछ । एमालेको बागमती प्रदेश कमिटीले आगामी माघ ४ गते काठमाडौँमा जनप्रदर्शनसहित विशेष चुनावी अभियानको थालनी गर्न लागेको सो पार्टीका सचिव एवं प्रदेशका इञ्चार्ज महेश बस्नेतले जानकारी दिनुभयो ।

यस्तै एमालेको संशोसधत विधानअनुसार गठित राजधानी विशेष कमिटीको घोषणा र चुनावी अभियान आगामी माघ २ गते काठमाडौँमा हुने पार्टीका सचिव एवं राजधानी विशेष कमिटीका इञ्चार्ज डा राजन भट्टराईले बताउनुभयो ।

एमालेको यही पुस २६ गते बसेको केन्द्रीय कमिटीको बैठकले आगामी फागुन २१ गते हुने तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशव्यापी रूपमा अभियान सुरु गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *