२०८३ भदौ ९, बुधबार अपराह्न ०३:१३:५६

लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

विपदमा नागरिकको जिउधनको सुरक्षा गर्न नेता कोइरालाको आग्रह

काठमाडौँ, १२ असोज : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विपद्मा नागरिकको जिउधनको सुरक्षा गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेस काठमाडौँ–सल्यान सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान कार्यक्रम’मा नेता डा कोइरालाले देशका प्रायः सबै राजमार्ग बन्द भएको उल्लेख गर्दै यथाशक्य खुलाएर जनजीवन सामान्य बनाउन सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ । जिल्ला सदरमुकामहरु सडक सम्पर्कबाट बिच्छेद छन् । बस्तीहरु डुबानमा छन् । सरकारले सक्दो चाँडो यसको समाधानमा लाग्नुपर्छ, नागरिकलाई राज्य हाम्रो साथमा छ भन्ने आभाष दिलाउनुपर्छ ।”

विपद्को घडीमा कांग्रेस पार्टीका हरेक तहका नेता तथा कार्यकर्तालाई उद्धार तथा राहत वितरणमा जुट्न नेता डा कोइरालाले आग्रह गर्नुभयो ।

आफ्नो टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *