२०८३ भदौ ९, बुधबार पूर्वाह्न ११:२४:२३

लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

सरकार जनमुखी हुनुपर्छ : नारायणमान बिजुक्छेँ

भक्तपुर, ५ असोज : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशका तीनवटै तहका सरकार जनमुखी हुनुपर्ने बताउनुभएको छ ।

समय साकोसद्वारा आज आयोजित कार्यक्रममा उहाँले कामदार जनताको श्रमशक्तिलाई उपयोग गर्ने नीति लिएर सरकारलाई जनमुखी बन्नुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “कृषिका विभिन्न क्षेत्र, कृषि व्यवसाय र घरेलु उद्योग निर्माण गर्ने नीति बनाएर सरकारले जोताहा र गरिब किसानलाई रोजगारी प्रदान गर्दै कामदार जनताको श्रमशक्तिलाई उपयोग गर्ने नीति लिएर नेपाल सरकार जनमुखी सरकार बन्नुपर्छ ।”

देशको युवा पुस्तालाई टिभी, ल्यापटप, मोबाइल, वासिङमेसिन, बिजुली चुल्हो, भ्याकुम क्लिनर, रेफ्रिजेरेटर, माइक्रोओभनजस्ता इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स सामान लगायतको मर्मत गर्ने तालिम दिएर युवालाई हातमा सीप दिनसके विदेसिने क्रम घट्ने र स्वदेशमै आत्मनिर्भर हुने भएकाले यस्ता कार्यमा सरकारको ध्यान जानुपर्ने औँल्याउनुभयो ।

जनताले दुःख गरेर आर्जन गरेर ब्याजको आशामा जम्मा गरेका पैसा सहकारी सञ्चालक आफैँले खाएर भाग्ने गरेको भन्दै त्यस्ता सहकारीका सञ्चालकहरूलाई राज्यले कारबाही गर्दै जनताको रकम असुल गर्ने नीति लिनुपर्ने उहाँले बताउनुभयो ।

आफ्नो टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *