कलेजको प्रेमकथामा ‘जस्ट लभ’ बन्ने

आर्थिक समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौंँ । गाउँले परिवेशमा निर्माण भएका सिरिजले दर्शकलाई मनोरञ्जन दिइरहेको समयमा शहरिया परिवेशलाई समेटेर वेभ सिरिज ‘जस्ट लभ’ निर्माण हुने भएको छ । योङ माइन्ड इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा ‘मेरी बास्सै’की कलाकार मुस्कान लामा र पर्यटन ब्यवसायी अनु शाही ठकुरीले मिलेर यो सिरिज निर्माण गर्ने भएका हुन् । मुस्कानले सिरिज ‘गोलमाल’ र थुप्रै भिडियो अभिनय गरेकी छन् । मंगलबार निर्देशकमा मुनाल शिशिर कोईरालालाई अनुबन्धित गर्दै सिरिज निर्माण घोषणा गरिएको हो । थुप्रै हिट म्युजिक भिडियो दिएका निर्देशक कोईरालाले यसैबाट सिरिज निर्देशनमा डेब्यु गर्न लागेका हुन् । मेघा सिरिजको रुपमा निर्माण हुने ‘जस्त लभ’मा कथ, पटकथा,सवाद र गीत समेत कोइरालाकै रहनेछ ।

बालदिप राई, समीप निरौला, मुस्कान लामा, अनुजा सिंह, सुभाष शाह गौरव हमाल, मुस्कान लामा, अनुजा सिंह, राजकुमार, प्रिती सिवाकोटी, विनिता दाहाल, मुनाल शिशिर कोइराला, सुभाष शाह, विशाल डंगोल, समीक्षा सानुलगायत कलाकार छनौट भएको सिरिजका लागि केही कलाकार छनौटको क्रममा छन् ।
हरिदेवी कोईराला कार्यकारी निर्माता रहेको सिरिजमा सुजन श्रेष्ठको छायांकन र प्रचार तथा सम्पादन सुवास शाह रहेका छन् । सिरिजको गीतमा दिपकराज विश्वकर्माको संगीत तथा गायक नितिन गजुरेल र गायिका एलिना चौहानको स्वरले स्वर दिएका छन् । शहर केन्द्रीत कलेज प्रेमकथामा निर्माण हुने सिरिज साउन २८ गतेबाट छायांकन हुनेछ । सिरिज छिट्टै दर्शकले हेनए पाउने निर्देशक कोइरालाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *