२०८३ भदौ ९, बुधबार अपराह्न ०१:०७:५३

लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

‘बहुआयामिक व्यक्तित्व ललितजंग सिजापति’ नामक पुस्तक लोकार्पण

काठमाडौं । बहुआयामिक व्यक्तित्व स्वर्गीय ललितजंग सिजापतिको जीवनीमा आधारित भएर लेखिएको पुस्तक ‘बहुआयामिक व्यक्तित्व ललितजंग सिजापति’ नामक पुस्तक बुधबार काठमाडौंमा एक समारोहका बीच लोकार्पण गरिएको छ । प्रा.डा गोेविन्दमानसिंह कार्कीद्वारा लिखित उक्त पुस्तक प्रमुख अथिति एवं पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले लोकार्पण गर्नुभयो ।

सोही कार्यक्रममा शताब्दि पुरुष डा.गौरिशंकरलाल दासलाई अभिनन्द गरिएको थियो । कार्यक्रममा बिशिष्ठ अथिति प्रा.डा त्रिरत्न मानन्धर, वागमती प्रदेशका सांसद दिपेन्द्र श्रेष्ठ, इतिहासविद तथा प्राज्ञ दिनेशराज पन्त, प्राध्यापक हेमन्त शम्शेर राण, डा.राजाराम सुवेदी, डा.गोविन्दमान सिंह कार्की, साहित्यकारहरु राधेश्याम लेकाली, ओम श्रेष्ठ, कलाकार मदनदास श्रेष्ठ लगायतका विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो । स्वर्गीय ललितजंग सिजापतिकी कान्छी सुपुत्री श्रीमती अम्बिका सिजापती के.सीले समारोहको संयोजन गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व प्राडा उपरथी बच्चुराम के.सीले गर्नुभएको थियो ।

आफ्नो टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *