‘थारु संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक’

प्रमुख समाचार विविध समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

इनरुवा (सुनसरी), ९ माघ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले थारु समुदायको संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक रहेको बताउनुभएको छ ।

थारु कल्याणकारणी सभाले आज सुनसरीको बर्जु गाउँपालिकामा आयोजना गरेको चौथो बर्जु महोत्सव कार्यक्रममा मुख्यमन्त्री कार्कीले संस्कृति अतिक्रमित भइरहेकाले यसको संरक्षण गर्दै अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक भएको बताउनुभयो । थारु संस्कृति कोशी प्रदेशको ठूलो सम्पत्ति भएको उल्लेख गर्दै उहाँले यसलाई मास्न नदिनका लागि आवश्यक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री कार्कीले थारु संस्कृति, समाजको कथा र व्यथा झल्किने भित्ता भएको घरलाई ‘थारु होमस्टे’ बनाएर संरक्षण गर्न आग्रह गर्नुभयो । होमस्टे (घरबास) मा आउने पाहुनालाई थारु परिकार, नृत्य, गीत, कथा, कहानी, गौरवमय इतिहास सुनाउनुका साथै चित्रकला, थारुको ग्राम थानलगायतका संस्कृतिको अध्ययन गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *