रमेश लेखक समन्वय समितिको संयोजकमा चयन

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौँ, २५ पुस : सत्तापक्षीय गठबन्धनले रााष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको संयोजकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई चयन गरेको छ ।

सत्तापक्षीय गठबन्धनद्वारा गठित राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको आज बसेको बैठकले समितिका सदस्यसमेत रहनुभएका प्रमुख सचेतक लेखकलाई चयन गरेको कांग्रेसले जनाएको छ । समितिका सदस्यमा नेकपा (माओवादी केन्द्र)का वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी) का राजेन्द्रप्रसाद पाण्डे तथा जनता समाजवादी पार्टी नेपालका मनिष सुमन रहनुभएको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचन सत्तापक्षीय गठबन्धनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि आफ्ना उम्मेदवारलाई विजय गराउन विभिन्न निर्णय गरेको छ । बैठकले सातवटै प्रदेशमा राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति तथा ७७ वटै जिल्लामा राष्ट्रियसभा निर्वाचन जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *