२०८३ भदौ ९, बुधबार अपराह्न ०२:२७:३०

लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

‘राजनीतिक क्रान्ति पूरा भएपछि मात्रै आर्थिक क्रान्ति’

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आर्थिक समृद्धिमार्फत उन्नतीको शिखरमा पुगेका देशहरू राजनीतिक क्रान्ति सम्पन्न गरेर मात्रै आर्थिक क्रान्तितर्फ अघि बढेको बताउनुभएको छ ।

काठमाडौँ विश्वविद्यालयले आज आयोजना अन्तरक्रियामा डा भट्टराईले नेपालमा राजनीतिक क्रान्ति सही दिशामा अघि बढ्न नसकेकाले आर्थिक विकासका मुद्दा ओझेलमा परेको बताउनुभयो । नयाँ पुस्ताका युवाले सामाजिक सञ्जालमा राजनीतिककर्मी र पार्टीका नेतालाई गाली गर्नेभन्दा पनि सिर्जनशीलतामा लाग्नुपर्ने बताउनुभयो ।

नेपालको विकास नहुनुमा राजनीतिक र लोकतान्त्रिक व्यवस्था स्थिरता नहुनु मुख्य दोष भएको उल्लेख गर्दै डा भट्टराईले राजनीतिक क्रान्ति गरेर अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक अवस्थासम्म आइपुग्दा गर्व गर्नुपर्ने बताउनुभयो ।

पूर्व अर्थमन्त्री सुरन्द्र पाण्डेले नेपालमा सबैभन्दा ठूलो उद्योग शिक्षा क्षेत्र भएको बताउँदै प्रगतिका लागि शैक्षिक प्रतिष्ठानहरू स्थापना हुनुपर्ने बताउनुभयो । विश्वविद्यालयहरूले आफ्नो गुणस्तरलाई स्तरोउन्नती गर्न आवश्यक रहेको बताउँदै उहाँले क्रियाशिल भएर बजार विस्तार गर्न विश्वविद्यालयहरूलाई सुझाव दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैद्यले नीतिगत समस्याकै कारण आर्थिक क्रान्तितर्फ देश अघि बढ्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले औद्योगिक क्रान्तिबिना आर्थिक क्रान्ति नहुने भएकाले औद्योगिक क्षेत्रको प्रवद्र्धन गर्ने र उद्योगीहरूको मनोबल विस्तार गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले काठमाडौं विश्वविद्यालयमा हुने पढाइको विषयमा प्रचार गर्न सिङ्गो टिम लागिरहेको जानकारी दिनुभयो । उहाँले विद्यार्थी भर्नाका लागि दबाब आउने तर जनशक्ति चाहियो भनेर कहिल्यै कसैले नसोध्ने प्रवृत्ति बलल्नुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार अच्युत वाग्लेले एकेडेमिय इन्डष्ट्रिको रुपमा विश्वविद्यालयभित्र मात्रै नभएर राजनीतिक दलका घोषणापत्रमा पनि लेखिनुपर्ने बताउनुभयो ।

आफ्नो टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *