नवीनतम सामान्यज्ञान

प्रशासन लोक सेवा
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

भीम राना “जिज्ञासु”

१. जापानी सम्राट नोरुहितोको राज्यभिषेक कहिले भएको हो ?
(क) सन् २०१९ अक्टोबर २० (ख) सन् २०१९ अक्टोबर २२
(ग) सन् २०१९ अक्टोबर २४ (घ) सन् २०१९ अक्टोबर २६
(ख) सन् २०१९ अक्टोबर २२, जापानी सम्राटको राजसिंहासनलाई क्रिसान्थेमम थ्रोन भनिन्छ । उनी क्रिसान्थेमम सिंहासनमा सन् २०१९ मे १ मा आसिन भएका थिए ।
२. नेपाल र म्यानमारबीच पर्यटन र संस्कृतिको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा कहिले हस्ताक्षर भएको हो ?
(क) सन् २०१९ अक्टोबर ११ (ख) सन् २०१९ अक्टोबर १३
(ग) सन् २०१९ अक्टोबर १५ (घ) सन् २०१९ अक्टोबर १७
(घ) सन् २०१९ अक्टोबर १७
३. वि.सं.२०७६ भदौ १० गते नेपालमै पहिलोपटक बालविवाहमुक्त घोषणा गर्ने बृद्धभूमि नगरपालिका कुन जिल्लामा पर्दछ ?
(क) कपिलवस्तु (ख) रुपन्देही
(ग) नवलपरासी पश्चिम (घ) बाँके
(क) कपिलवस्तु
४. क्विन्स इभेन्ट म्यानेजमेन्टको आयोजननामा २०७६ साल कात्र्तिक ७ गते सम्पन्न नेपालकै पहिलो फ्रेन्वाइज महिला क्रिकेटको उपाधि कुन टिमले जित्यो ?
(क) क्याट क्विन्स काठमाडौं (ख) पोखरा पल्टन
(ग) चितवन राइनोस (घ) भैरहवा ग्लाडियर्स
(ग) चितवन राइनोस, फाइनलमा क्याट क्विन्स काठमाडौंलाई ४५ रनले पराजित गरेको उपाधि जितेर राइनोसले रु ७ लाख रुपैया प्राप्त गरेको थियो ।
५. आठ हजार मिटर अग्ला संसारका सबैभन्दा सबै १४ वटा ८ हजार मिटर हिमाल आरोहण गर्ने क्रममा सबैभन्दा कम समय ६ महिना ६ दिनमा आरोहण गरेर विश्व कीर्तिमान बनाउने नेपाली आरोही को हुन् ?
(क) दिनेश पुर्जा मगर (ख) निर्मल पुर्जा मगर
(ग) राकेश गर्बुजा (घ) रमेश खर्बुजा
(ख) निर्मल पुर्जा मगर, उनी म्याग्दी जिल्लाका पूर्व ब्रिटिस लाहुरे हुन् । उनले द. कोरियाका किम च्याङ को कीर्तिमान तोडेका हुन् । किमले ८ हजार मिटरका १४ वटा हिमाल ७ वर्ष १० महिना लगाएर सबै हिमाल आरोहण गरेका थिए ।
६. राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सातै प्रदेशका प्रमुखको पदमुक्त कहिले गरेका हुन् ?
(क)ं वि.सं.२०७६ कात्तिक ८ (ख) वि.सं.२०७६ कात्तिक ११
(ग) वि.सं.२०७६ कात्तिक १४ (घ) वि.सं.२०७६ कात्तिक १७
(घ) वि.सं.२०७६ कात्तिक १७, ती सात प्रदेशका प्रमुखहरु २०७४ साल माघ ३ गते नियुक्त भएका थिए ।
७. अत्यधिक वायु प्रदूषणका कारण हालै भारतको राजधानी दिल्लीमा संकटकाल घोषणा कहिले गरिएको थियो ?
(क) सन् २०१९ नोभेम्बर २ (ख) सन् २०१९ नोभेम्बर ५
(ग) सन् २०१९ नोभेम्बर ८ (घ) सन् २०१९ नोभेम्बर ११
(क) सन् २०१९ नोभेम्बर २, हालै सार्वजनिक गरिएको एक प्रतिवेदन अनुसार एसियाको सबैभन्दा प्रदूषित राजधानी भारतको नयाँ दिल्ली र दोस्रोमा बंगलादेशको ढाका रहेको छ ।

८. सन् २०१९ नोभेम्बरमा बंगलादेशमा सम्पन्न एभीसी सेन्टर जोन महिला भलिबल च्याम्यिनसिपको पहिलो संस्करणको उपाधि कुन टिमले जित्यो ?
(क) भारत (ख) पाकिस्तान
(ग) नेपाल (घ) माल्दिभ्स
(ग) नेपाल, अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाल पहिलो पटक च्याम्पियन बनेको हो । प्रतियोगितामा अपराजित रहेको नेपाली टोलीले फाइनलमा माल्दिभसलाई ३—० को सेटमा हराएको ।
९. संसदको राज्य व्यवस्था तथा सुशासन समितिको २०७६ कात्तिक २८ को बैठकले जिजामती कर्मचारीको सेवा अवधि कति बनाउने निर्णय गरेको छ ?
(क) ५६ वर्ष (ख) ५८ वर्ष्
(ग) ६० वर्ष (घ) ६५ वर्ष
(ग) ६० वर्ष, समिति बैठकले हरेक ६ ÷६ महिनामा थप गरेर ६० वर्ष पु¥याउने निर्णय गरेको । यो व्यवस्था सन् २०२१ सम्म पूर्ण रुपमा लागू हुने भएको छ ।
१०. चीनसंग नेपालको समस्यारहित सम्बन्ध रहे पनि नेपाल र चीनबीच रणनीतिक साझेदार कहिले भएको हो ?
(क) सन् २०१९ अक्टोबर १० (ख) सन् २०१९ अक्टोबर ८
(ग) सन् २०१९ अक्टोबर १० (घ) सन् २०१९ अक्टोबर १२
(घ) सन् २०१९ अक्टोबर १२
११. नेपालका विश्व कीर्तिमान आरोही निर्मल पुर्जाले १४ वटा ८ हजार मिटर हिमाल आरोहण गर्ने क्रममा सबै भन्दा पछिल्लो पटक सन् २०१९ अक्टोबर २८ तारिख कुन हिमाल आरोहण गरेका थिए ?
(क) माउन्ट के टू, पाकिस्तान (ख) सिसापाङ्मा, चीन
(ग) कञ्चनजंघा, नेपाल (घ) नंगा पर्वत, भारत
(ख) सिसापाङ्मा, चीन, यादरहोस् उनले १४ वटै हिमाल आरोहण गर्नेै क्रममा सबैभन्दा पहिले सन् २०१९ अप्रिल २३ तारिख अन्नपूर्ण हिमाल आरोहण गरेका थिए ।
१२. सन् २०१९ नोभेम्बर २ तारिख जापानमा रग्बी विश्वकपको उपाधि कुन देशले जित्यो ?
(क) दक्षिण अफ्रिका (ख) इङ्गल्याण्ड
(ग) न्युजिल्याण्ड (घ) स्पेन
(क) दक्षिण अफ्रिका, फाइनलमा इङ्गल्याण्डलाइ ३२—२१ ले पराजित गरेको यस अघि दक्षिण अफ्रिकाले सन् १९९५ र सन् २००७ मा उक्त ट्रफि जितेका थियो ।
१३. नेपालकै दोस्रो लामो पुल दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गा.पा. का सिसहनियाँ र महादेवा जोड्ने पुल हो । अब भन्नुहोस् उक्त पुलको लम्बाई कति रहेको छ ?
(क) ७ सय ६० मिटर (ख) ८ सय ६० मिटर
(ग) ९ सय ६० मिटर (घ) १०६० मिटर
(ख) ८ सय ६० मिटर, यस पुलको चौडाई साँढे १० मिटर रहेको छ ।
१४. म्यष्लन दगकष्लभकक क्ष्लमभह (२०२० अनुसार नेपाल १९० राष्ट्रमध्ये नेपाल कति औं स्थानमा रहेको छ ?
(क) ९० औं स्थान (खं ९२ औं स्थान
(ग) ९४ औं स्थान (घ) ९६ औं स्थान
(ग) ९४ औं स्थान, अन्य शीर्ष पाँच राष्ट्रहरुमा क्रमशः न्युजिल्याण्ड, सिंगापुर, हङकङ, डेनमार्क र दक्षिण अफ्रिका रहेका छन् ।
१५. नेपाल राष्ट्र बैंकले २०७६ असोज २८ मा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा कति प्रतिशत नागरिकमा वित्तीय पहुँच पुगेको छ ?
(क) ५२.९ प्रतिशत (ख) ५६.९ प्रतिशत
(ग) ६०.९प्रतिशत (घ) ६४.९ प्रतिशत
(ग) ६०.९प्रतिशत
१६. सन् २०१९ को बैंक अफ द इयर बन्न सफल बैंक कुन हो ?
(क) नबिल बैंक (ख) एभरेष्ट बैंक
(ग) हिमालयन बैंक (घ) मेघा बैंक
(घ) मेघा बैंक
१७. हाल नेपालमा क वर्गको बैंकको संख्या कति रहेको छ ?
(क) २५ वटा (ख) २६ वटा
(ग) २७ वटा (घ) २८ वटा
(ग) २७ वटा, वि.सं.२०७६ कात्तिक ८ गते ग्लोबल आईएमई बैंक र जनता बैंक नेपाल बीच मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएपछि यो संख्या भएको हो । मर्जरपछि बैंकको नाम आईएमई बैंक रहेको छ ।
१८.वि.सं.२०७६ कात्तिक १७ गते त्रि.वि. वि. को १९ औं उपकुलपतिमा को नियुक्त भएका छन् ?
(क) धर्मकान्त बास्कोटा (ख) सुधा त्रिपाठी
(ग) भगवान कोइराला (घ) युवराज शर्मा
(क) धर्मकान्त बास्कोटा, यसैगरी नेपाल मेडिकल काउन्सिलमा अध्यक्षमा डा. भगवान कोइराला नियुक्त भएका छन् ।
१९. विश्वमा सर्वाधिक खोजी गरिएका व्यक्ति इस्लामिक स्टेटका प्रमुख अबु बकर अल बग्दादी अमेरिकी फौजद्धारा सिरियामा कहिले मारिएका हुन् ?
(क) सन् २०१९ अक्टोबर २२ (ख) सन् २०१९ अक्टोबर २४
(ग) सन् २०१९ अक्टोबर २६ (घ) सन् २०१९ अक्टोबर २८
(ग) सन् २०१९ अक्टोबर २६, बग्दादीलाई अमेरिकी सैन्य कुकुरहरुले सुरुङभित्र लखेड्दै गएपछि उनले सुसाइट (बमजडिट) भेस्ट पड्काएका थिए ।
२०. नेपाली कामदार शून्य लागतमा युएई जान पाउने व्यवस्था कहिले देखि कार्यान्वयनमा आएको हो ?
(क)ं वि.सं.२०७६ कात्तिक १० (ख) वि.सं.२०७६ कात्तिक १३
(ग) वि.सं.२०७६ कात्तिक १६ (घ) वि.सं.२०७६ कात्तिक १९
(घ) वि.सं.२०७६ कात्तिक १९
२१. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञानप्रतिष्ठान (नास्ट) ले विदेशमा रहेका नेपाली वैज्ञानिकको ज्ञान र सीपलाई स्वदेशमा सदुपयोग गर्ने उद्देश्यसाथ सञ्चालन गर्न थालेको कार्यक्रम कुन हो ?
(क) ब्रेनडिलिङ (ख) ब्रेन पुलिङ
(ग) ब्रेन कुलिङ (घ) ब्रेन रुलिङ
(ख) ब्रेन पुलिङ
२२. वाणिज्यदूतहरुको क्षेत्रीय सम्मेलन काठमाडौंमा कहिले सम्पन्न भयो ?
(क)ं वि.सं.२०७६ कात्तिक ५—८ (ख) वि.सं.२०७६ कात्तिक १०—१३
(ग) वि.सं.२०७६ कात्तिक १५—१८ (घ) वि.सं.२०७६ कात्तिक २६—२९
(घ) वि.सं.२०७६ कात्तिक २६—२९
२३. नेपालमा २०७६ साल भदौ २८—३० गते डल्फिन महोत्सव कुन जिल्लामा सम्पन्न भयो ?
(क) बर्दिया (ख) बाँके
(ग) कैलाली (घ) कञ्चनपुर
(ग) कैलाली
२४. नेपाल र अस्ट्रेलियाबीच द्धिपक्षीय हवाइसेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षर कहिले भएको हो ?
(क) वि.सं.२०७६ असोज १० (ख) वि.सं.२०७६ असोज १४
(ग) वि.सं.२०७६ असोज १८ (घ) वि.सं.२०७६ असोज २२
(ख) वि.सं.२०७६ असोज १४, नेपालले अन्तर्राष्ट्रिय मुलुकसंग हवाइसेवा सम्झौता गरेको ४० औं मुलुक अस्टे«लिया हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *