१६० महिलाले गराए मिनिल्याप

समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

कञ्चनपुर, ९ पुस : कञ्चनपुरमा एक सय ६० महिलाले स्थायी बन्ध्याकरण शिविरमा एक सय ६० महिलाले मिनिल्याप गराएका छन् । सन्तानको रहर पूरा भएका महिलाका लागि स्वास्थ्य कार्यालय कञ्चनपुरले आयोजना गरेको निःशुल्क एकीकृत परिवार योजना स्थायी बन्ध्याकरण शिविरमा उनीहरुले मिनिल्याप गराएका हुन् ।

स्वास्थ्य कार्यालयले स्थानिय तहसँग समन्वय गरी निःशुल्क स्थायी बन्ध्याकरण शिविर आयोजना गरेको हो । स्वास्थ्य कार्यालयका स्रोतव्यक्ति कपिल जोशीका अनुसार गत मङ्सिर २२ गतेदेखि पुसको पहिलो सातासम्म शिविर आयोजना गरिएको थियो ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका, बेलौरी, पुनर्वास, लालझाडी, देखतभूली, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट, सुडा, भीमदत्तनगरको जिमुवा, चाँदनी र ब्रह्मदेवमा शिविर आयोजना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *