लोकतन्त्रका उपलब्धि संस्थागत गर्नुपर्ने

प्रमुख समाचार राजनीति विविध समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

जनकपुरधाम, २६ मङ्सिर : पूर्वमन्त्री एवं जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठीले तत्काल वर्तमान सरकारको अर्को विकल्प आफूले नदेखेको बताउनुभएको छ ।

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष त्रिपाठीले अहिलेको अवस्थामा जसको नेतृत्वमा सरकार बने पनि योभन्दा फरक गर्नसक्ने परिस्थिति नरहेको बताउनुभयो । उहाँले मिश्रित निर्वाचन प्रणालीका कारण संसद्मा प्रतिनिधित्व गरेका कुनै पनि दलको बहुमत नरहेको र गठबन्धनबाट बन्ने जुनसुकै सरकारले लोकप्रिय काम गर्नसक्ला भन्नेमा आफू विश्वस्त नरहेको बताउनुभयो ।

“प्रधानमन्त्री ‘प्रचण्ड’मा केही गरौँ भन्ने चाहना छ । तर विभिन्न विचार समूहका पार्टीबाट बनेको कुनै पनि गठबन्धन सरकारले चाहेअनुसार काम गर्न सक्दैन । सङ्घीयता र विकासका सवालमा धेरै राम्रो नगरे पनि उहाँले नराम्रोचाहिँ गर्नुहुन्न भन्ने लाग्छ”, त्रिपाठीले भन्नुभयो, “त्यसैकारण निर्वाचन प्रणाली, अधिकार सम्पन्न सङ्घीयतालगायत सवालमा संविधान संशोधन गरेर लोकतन्त्रका उपलब्धिलाई बलियो बनाउँदै लैजानुपर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *