आठौँ पर्वतीय महोत्सव सम्पन्न

आर्थिक विविध समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

गण्डकी, २६ मङ्सिर : नेपाल पर्वतारोहण सङ्घद्वारा पोखरा–१७ रातोपैहास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आयोजित आठौँ पर्वतीय महोत्सव सम्पन्न भएको छ ।

पाँच दिनसम्म सञ्चालित महोत्वसमा विशेष गरी जलवायु परिवर्तनको कारण बदलिँदो हिमाल र हिमाली जनजीवनका बारेमा चिन्तन गरिएको थियो । गण्डकी प्रदेशका अर्थमन्त्री जितबहादुर आलेमगरले महोत्सवको समापन समारोहमा पछिल्लो समय बढ्दो जलवायु परिवर्तनका कारण हिमाली क्षेत्र प्रभावित भएको बताउनुभयो ।

पूर्वमन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य पञ्चराम गुरुङले पर्वतीय सङ्ग्रहालय हिमाल र हिमालीको बारेमा अध्ययन अनुसन्धान गर्ने जीवन्त उदाहरण भएको उल्लेख गर्दै यसलाई परिचित गराउन आगामी दिनमा महोत्सवलाई थप प्रभावकारी बनाउनुपर्नेमा आवश्यकता औँल्याउनुभयो ।

नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष एवं पर्वतीय सङ्ग्रहालयका संयोजक ठाकुरराज पाण्डेले नेपालमा पर्वतीय पर्यटन बढाउन महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह भएको बताउनुभयो ।

नेपाल पर्वतारोहण सङ्घका प्रमुख कार्यकारी अधिकृत तथा महोत्सवका संयोजक जिनेश सिन्दुराकार र सहसंयोजक शेषकान्त शर्माले एकै स्थानबाट पर्वत र पर्वतीय जीवनशैलीबारे अध्ययन गर्न महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *