२०८३ भदौ ९, बुधबार अपराह्न ०३:४०:१७

लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

श्रीराम श्रेष्ठको कृति ‘वाङ्मयका बाह्र स्रष्टा’ सार्वजनिक

नुवाकोट । साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित लेख संग्रह ‘वाङ्मयका बाह्र स्रष्टा’ नामक कृति सार्वजनिक भएको छ ।

आकृति प्रकृति प्रकाशनद्वारा प्रकाशित कृतिमा श्रेष्ठले विभिन्न बाह्र स्रष्टाहरुका बारेमा लेखेका आलेखहरुलाई सङ्कलन गरिएको छ

‘वाङ्मयाका बाह्र स्रष्टा’ श्रेष्ठको २५ औं प्रकाशित कृति हो । कृतिमा वाङमयका पुराना साहित्यकारहरु भानुभक्त आचार्य, मोतीराम भट्ट, नरेन्द्रनाथ रिमाल, लेखनाथ पौडेल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, भीमनिधि तिवारी, सिद्धिचरण श्रेष्ठ, विश्वेश्वरप्रसाद कोइराला, गोपालप्रसाद रिमाल, गोविन्द गोठालो, विजय मल्ल लगायत बाह्र स्रष्टाहरुको जीवनी र साहित्य सिर्जनाका विषयमा लेखिएका आलेखहरु समेटिएका छन् ।

नुवाकोटको विदुरमा वि.सं २०३१ सालमा जन्मिएका श्रेष्ठको हालसम्म जीवनी संग्रह, कविता, समीक्षा, अनुसन्धानात्मक पुस्तकका साथै जापानिज साहित्यका हाइकु, हाइबुन, सोमोन्का, तान्का, सिजो, कटौता, सेदोका, डोडोइट्सु, मन्डो जस्ता विधाका अधिक पुस्तकहरु प्रकाशित छन् ।

आफ्नो टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *