पर्यटन विकासको निम्ति सम्पदा संरक्षणमा जोड

आर्थिक विविध समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौँ, ९ भदौ : सरोकारवालाले पर्यटन विकासको निम्ति सम्पदा संरक्षणमा जोड दिएका छन् । नेपाल सम्पदा सङ्घको ३७औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सरोकारवालाहरुले समग्र पर्यटनको विकास र पहिचानका लागि सम्पदा संरक्षण आवश्यक रहेको बताउनुभयो ।

काठमाडाँै उपत्यका सम्पदाले भरिएको भन्दै पहिचान जोगाउन सबैको भूमिका उत्तिकै रहेको उहाँहरुको भनाइ थियो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपाली कला, संस्कृति, सम्पदाको संरक्षणका निम्ति सबैले आ-आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । संस्कृति र सम्पदा संरक्षणमा स्थानीय तह, प्रदेश वा सङ्घीय सरकारको मात्रै मुख ताक्नेभन्दा पनि आफूले आफ्नो ठाउँबाट सक्दो पहल गर्न उहाँले आग्रह गर्नुभयो ।

उपत्यकामा रहेका मूर्त, अमूर्त तथा प्राकृतिक सम्पदाको संरक्षण आवश्यक रहेको उहाँले धारणा राख्नुभयो । “देशको पहिचान र समृद्धिका लागि सम्पदा संरक्षणमा सबै लाग्नुपर्छ, त्यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहको सरकार र जनताले पनि सोहीअनुरुप सोच्नुपर्ने आवश्यक छ ।” उहाँले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायर र ललितपुर क्षेत्रभित्र रहेका मूर्त–अर्मूत सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्गले सङ्घले ३७ वर्षसम्म सम्पदा संरक्षणसम्बन्धी गरेको कामको प्रशंसा गर्नुभयो ।

नेपाल सम्पदा सङ्घका अध्यक्ष तथा वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठले सम्पदा संरक्षणका लागि सबैको सामूहिक पहल र प्रतिबद्धता हुनुपर्नेमा जोड दिनुभयो । सम्पदा मानव समाजको साझा सम्पत्ति भएको उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *