२०८३ भदौ ९, बुधबार अपराह्न ०२:३९:४८

लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

सुदूरपश्चिम प्रदेशका कानूनमन्त्री सिंहको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसले पार्टी बझाङका पूर्वसभापति एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गर्दै मन्त्री सिंह आफ्नो धर्मपत्नी अमृतादेवी सिंह र भाउजु जयादेवी सिंह गृहजिल्ला जाने क्रममा सवारी दुर्घटनामा परी निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।

लामो समयसम्म नेपाली कांग्रेसकोे विभिन्न पदीय जिम्मेवारीमा रहेर काम गर्नुभएका स्वर्गीय सिंहले पार्टीको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ । सिंहको निधनबाट पार्टीले एक कुशल सङ्गठनकर्तालाई गुमाएको र नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको कांगेसले जनाएको छ ।

सिंहको निधनप्रति कांग्रेसका कार्यवाहक सभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले गहिरो दुःख व्यक्त गर्नुभएको छ । “कांग्रेस बझाङका पूर्वसभापति एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनको खबरले मलाई अत्यन्त दुखित र मर्माहत बनाएको छ, स्वर्गीय सिंहले पार्टी सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ”, कावा सभापति खड्काले भन्नुभएको छ ।

उहाँले स्वर्गीय सिंहप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गर्नुभएको छ । उहाँले दुर्घटनामा घाइते हुनुभएकोमा शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

आफ्नो टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *