तीन पूर्वकर्मचारी सम्मानित

लोक सेवा समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

राष्ट्रिय समाचार समिति(रासस)को ६२औँ वार्षिकोत्सवको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा राससका तीन पूर्वकर्मचारीलाई सम्मान गरिएको छ ।

यसरी सम्मानित हुने कर्मचारीमा टेकनाथ दाहाल, कमलबहादुर ठकुरी र कृष्णप्रसाद वाग्ले हुनुहुन्छ । नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका अध्यक्ष लिलावल्लभ घिमिरेले पूर्वकर्मचारीलाई सम्मान गर्दै रासस निकै परिपक्व संस्था भएकाले यसले आफ्ना सेवालाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने विचार राख्नुभयो ।

महासङ्घका प्रदेश महासचिव विवेक गौतम र प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुईंटेलले रासस सेवामा सबैको पहुँच पु¥याउन व्यवस्थापन पक्षले ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

राससका पूर्वसञ्चालक समितिका सदस्य दयाराम दाहाल, नेपाल महासङ्घ मोरङ शाखाका अध्यक्ष सञ्जीव खनाल र वरिष्ठ पत्रकार यज्ञराज शर्मा र नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव अभयकुमार राईले राससले पस्किने सेवामा जिल्ला समाचारदाताको महत्वपूर्ण योगदान रहने गरेकाले उहाँहरुको श्रमको सम्मान हुनुपर्ने धारणा राख्नुभयो ।

रासस प्रदेश नं १ कार्यालयका प्रमुख मोहम्मद सदरुलको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रेस चौतारी नेपाल प्रदेश अध्यक्ष अविजाल विष्ट, प्रेस सेन्टर नेपालका प्रदेश अध्यक्ष विनोद घिमिरे र संसदीय पत्रकार मञ्चका संयोजक गणेश लम्सालले रासस सरकारको नभएर नागरिकको संस्था हुनुपर्ने विचार राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *