काभ्रेमा शहीद दिवस मनाइयो

प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काभ्रेपलाञ्चोकको पनौतीमा आज मुलुक र जनताका लागि आफ्नो अमूल्य जीवन समर्पण गर्ने शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइएको छ ।

आज पनौती नगरपालिका–८ स्थित शहीद पार्कमा आयोजितका कार्यक्रममा नगरप्रमुख रामशरण भण्डारीले समृृद्ध मुलुक बनाउन शहीदको प्रेरणाबाट राष्ट्र निर्माणमा अग्रसर हुनुपर्ने बताउनुभयो । उपप्रमुख गीता बञ्जराले शहीदको बलिदानीको स्मरण गर्दै शहीदको सपना पूरा गरी विकास निर्माणमा जोड दिनुभयो ।

शहीदको सम्झानामा पनौती बसपार्कमा प्रभातफेरि पनि गरिएको थियो । प्रभातफेरिपश्चात अमर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र २०६२/६३ का शहीद सगुन ताम्राकारको सालिकमा माल्यापर्ण गरिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस पनौती नगरका उपसभापति पुरुषोत्तम कर्माचार्य, नेकपा (माओवादी केन्द्र) का पनौती नगरका अध्यक्ष हस्तबहादुर तामाङ र नेकपा (एमाले) पनौतीका सचिव सन्तोष केसीलगायतले नगरपालिकाको सक्रियतामा निर्माण गरिएको शहीद पार्कको संरक्षण एवं सम्वर्द्धनका लागि पार्टीगत स्वार्थभन्दा माथि उठेर काम आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *