रामेछापमा बागमती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

खेलकुद
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

नेपाल खेलकुद महासङ्घ बागमती प्रदेशको आयोजनामा बागमती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि मन्थलीमा सुरु भएको छ । खेलको उद्घाटन नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले गर्नुभएको थियो । माघ ७ गतेसम्म सञ्चालन हुने उक्त खेलमा बागमती प्रदेशअन्तर्गत जिल्लाका १३ टिमको सहभागिता रहेको छ ।

रामेछाप र काठमाडौँबीच भएको उद्घाटन खेलमा २५–०५,२५–१३ को सोझो सेटले रामेछापले जितेको छ । त्यसपछि सिन्धुली र नुवाकोटबीच भएको खेलमा सिन्धुलीले नुवाकोटलाई २५–२२,२५–१७ को सोझो सेटले जितेको छ भने सिन्धुपाल्चोक र रसुवाबीच भएको खेलमा सिन्धुपाल्चोकले रसुवालाई २५–१२,२५–१५ को सोझो सेटले जितेको छ ।

प्रतियोगिताको विजेता टोलीमध्ये प्रथम हुनेले पुरस्कारस्वरुप रु दुई लाख, द्वितीय हुनेलाई रु एक लाख र तृतीय हुनेलाई रु ५० हजार नगदसहित, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यसैगरी रु ३० हजार शिल्ड मेडल र प्रमाणपत्रसहित सान्त्वना पुरस्कार दिइनेछ ।

प्रत्येक सहभागी समूहलाई सहभागी भएवापत प्रतिसमूह २५ हजार र सेमी फाइनलमा पुगेका समूलाई थप रु २५ हजार आयोजकले दिने योजना रहेको नेपाल खेलकुद महासङ्घ बागमती प्रदेशका अध्यक्ष सीताराम कार्कीले बताउनुभयो । उहाँका अनुसार कूल रु ३६ लाख ४१ हजार लागत लाग्ने अनुमान गरिएको उक्त खेल रु ३० हजार मानिसले अवलोकन गर्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *